हराएका बालिका सुर्खेतमा भेटिए

हराएका बालिका सुर्खेतमा भेटिए

दैलेख जेठ ८-गत बैशाख २९ गते घरबाट घरबाट बेपत्ता भएका तीन बालिकालाई कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतबाट उद्धार गरिएको छ । दैलेखको नारायण नगरपालिका वडा नं. ११ का तीन बालिकालाई सुर्खेतबाट उद्धार गरिएको हो ।
छिमेकी एक बालिकाको ललाई फकाईमा परि घरबाट भागेर गएका नारायण नगरपालिका वडा नं. ११ विन्ध्याबासीनीका १६ बर्षिया राधा (नाम परिवर्तीत) १४ बर्षिया हरिमाया (नाम परिवर्तीत) र १५ बर्षिया रिमा (नाम परिवर्तीत) लाई आवाज संस्था सुर्खेतद्धारा संचालित बाल हेल्पलाइन १०९८ ले उद्धार गरेको आवाज संस्थाकी केस म्यानेजर लक्ष्मी आचार्यले जानकारी दिनुभएको छ ।
अभिभावकहरुले गत बैशाख २९ गते सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित महिला तथा बालबालिका केन्द्र बाल हेल्पलाइन १०९८ मा बालिका घरबाट बेपत्ता भएको खबर गरेका थिए ।
दैलेखको महिला तथा बालबालिका केन्द्र (बाल हेल्पलाइन १०९८) ले आवाज संस्था सुर्खेतको बाल हेल्पलाइन र नेपालजंगमा खबर गरेको थियो । खबर पश्चात बालिकाहरु आवाज संस्था सुर्खेतको आपत्तकालिन गृहमा रहेको जानकारी दैलेखको बाल हेल्पलाइनमा आएको सामाजिक दैलेखको बाल हेल्पलाइन १०९८ संयोजक रमा श्रेष्ठले जानकारी दिनुभएको छ ।
मनोविमर्श परामर्श गर्दा बालिकाहरुले घरमा भाउजुले गाली गरेको तथा साथीको लहलहैमा लागेर घर छोडेर गएको बताएका छन् । उनिहरुले साथीले काम पाइन्छ, महिनाको तलब पाइन्छ भनेर ललाई फकाई लगेको बताएका छन् । तिन जना बालिकाहरुलाई ललाई फकाई लैजाने सोही ठाउँकी अर्की बालिका फेला नपरेका बताइएको छ ।
अराएका बालिकाहरुलाई उद्धार गरि आवाज संस्था सुर्खेतले दैलेख ल्याएको छ । उनिहरुलाई आवाज संस्थाकी केस म्यानेजर लक्ष्मी आचार्यले दैलेखको महिला तथा बालबालिका केन्द्र बाल हेल्पलाइन १०९८ मा ल्याउनु भएको हो । सुर्खेतबाट उद्धार गरि ल्याइएका बालिकाहरुलाई मंगलवार अभिभावकको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया