गाउँपालिकाको भवन निर्माणको लागि जग्गा दान

गाउँपालिकाको भवन निर्माणको लागि जग्गा दान

दैलेख जेठ ९-  जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको भवन निर्माणको लागि स्थानीय बासिन्दाले १० रोपनी जग्गा दान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि गाउँपालिकाका स्थानीयबासी नर बहादुर शाही र नगेन्द्र पोखरेलले डाँडापराजुलमा १० रोपनी जग्गा दान गरेको गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर मल्लले जानकारी दिएका छन् । गाउँपालिकालाई दान गरेको जग्गा स्थानीय दररेट अनुसार करिव २० लाख बराबरको रहेको अध्यक्ष मल्लले बताए । जग्गा प्राप्त गरेपछि गाउँपालिकाले भवन निर्माणका लागि तयारी सुरु भएको छ । जग्गा उपलब्ध भएसंगै भवन निर्माणको लागि पक्रिया अगाडी बढाएको अध्यक्ष मल्ले जनाए । उनका अनुसार गाउँपालिकाले गाउँसभाको बैठकको निणर्य र अन्य कागजातहरु मन्त्रालयमा पठाइसकेको छ ।
हाल गाउँपालिकाले सो जग्गामा चौर निर्माण गरेको छ । चौरको लम्बाइ १ सय ५० मिटर र चौडाइ ५० देखि ६० मिटर सम्म रहेको अध्यक्ष मल्लले बताए । चौर नजिकै हेलिप्याड समेत निर्माण गरिएको छ । उक्त चौरमा गाउँपालिको आधुनिक भवन निर्माण गरिने छ । गाउँपालिकाको केन्द्र डाँडापराजुलमै बनाउन स्थानीय दाताले जग्गा दान गरेका हुन् । स्थानीय जनताले गाउँपालिकाको केन्द्र कायम गर्नका लागि जग्गा दान गरेकोमा दातालाई धन्यवाद दिएका छन् । हाल सोही स्थानमा गाउँपालिकाको अस्थायी केन्द्र छ । अध्यक्ष मल्लले जग्गाता दुवैजनालाई धन्यवाद दिएका छन् । उनले दाताहरूलाई गाउँपालिकाले सम्मान गर्ने समेत जानकारी दिए । स्थानीय तहको निर्वाचनसँगै गाउँपालिका स्थापना भए पनि स्थानीय तहका आफ्नै भवन नहुँदा गाउँपालिकाको कार्यसम्पादन प्रभावकारी हुन सकिरेहका छैन । अध्यक्ष मल्लले भवन बनेपछि कार्यसम्पादन प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

एक बर्षे अवधी उपलब्धी मुलक रह्यो – अध्यक्ष मल्ल

स्थानीय तहले जनप्रतिनिधी पाएको एक वर्ष वितेको छ । गत वर्ष बैशाख ३१ गते स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो । स्थानीय तहको निर्वाचन सँगै करिव दुई दशक देखी जनप्रतिनीधि विहीन वडा, गाउँ र नगरपालिकाले जनप्रतिनिधी पाएको छन । केन्द्र, क्षेत्र र जिल्लाका अधिकारहरु संघीय संरचना अनुसार वडा र गाउँपालिका र नगरपालिकामा पुगेका छन । संघीयता कार्यान्वयनको पहिलो चरण भएका कारण सम्भावना, अवसर र चुनौती त्यतिकै मात्रामा रहेको स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुले बताउदै आएका छन् ।
विशेष गरी स्थानीयहरुमा भौतिक पूर्वाधार नहुँनु, प्रयाप्त कानून नहुँनु र कर्मचारी अभाव भएकै कारण एक वर्षको सीमा त्यति अपेक्षाकृति काम हुन सकेका छैनन । निर्वाचित भएको एक बर्षे अवधीलाई उपलब्धीपूर्ण मानिएको जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्ल बताउछन् ।
उनले अनुसार गाउँपालिकाको भवन निर्माणको पक्रिया अगाडी बढ्नुनै प्रमुख उपलब्धीको रुपमा लिएका छन् । गाउँपालिकाको आफ्नै भवन निर्माणको लागि जग्गा प्राप्त भई गाउँसभाको निर्णय मन्त्रालय सम्म पठाइसकेकोले आगामी आर्थीक बर्षमा भवन निर्माण हुने अध्यक्ष मल्लको भनाई छ । यस्तै गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन र रोजगारीको क्षेत्रमा उल्लेखनिय काम भएको उनको भनाई छ ।

कृषि क्षेत्रलाई प्राथमिकता

छ वटा वडा रहेको गाउँपालिकामा कृषि पकेट क्षेत्रको रुपमा विस्तार गर्ने तयारी थालीएको अध्यक्ष मल्लको जानकारी दिए ।
गाउँपालिका भित्र रहेको बेरोजगार युवाहरुलाई रोजगारी सृजना गर्नका लागि गाउँपालिकाले क्षमता अभिबृद्धी तालिम संचालन गरेको उनले जनाए । केही कर्मचारीको अभावमा गाउँपालिकाले संचालन गरेको योजनाहरुमा सम्पन्न गर्न समस्या भएको बताउदै अध्यक्ष मल्लले यो आर्थीक बर्षमा ९० प्रतिशत काम सम्पन्न गर्ने दावी गरे । धेरै जस्तो योजनाहरु सम्पन्न भइसकेका छन्, उनले भने केहि योजनाहरु बाँकी छन् ति योजनाहरु पनि सम्पन्न हुने तयारीमा छन् । गाउँपालिकामा कानुन निर्माणका लागि समिति गठन भइसकेको बताउदै अब गाउँपालिकाको कानुन निर्माणको तयारी सुरु गरिएको अध्यक्ष मल्लको भनाई छ ।

प्रतिक्रिया