बलि मागिरहन्छन्, छोरीहरु छाउ गोठमा

बलि मागिरहन्छन्, छोरीहरु छाउ गोठमा

भगवानको घर चाहे जो सुकैको होस
मैले देख्छु आमा, बा,अनि देश ।
सबैले पुजे पादुका, मागे होलान आशिर्वाद
पुगे चालिस दशकअघि गरे देशमै मर्ने अठोट ।

राधा पौडेल

बुकुर्सि मार्दै गरेको त्यो साथी पाठो
भन्न पाउँदिन नचढ्ने बलिमा ।
आलो रगतले पोतिएको अमुक भगवान
बलि मागिरहन्छ छोरीहरु छाउ गोठमा ।

सर्प या धुवाँ या चिसो या बलात्कार
कोख खालि छैन तर, काख रित्तै ।
सृष्टि सपार्न सिर्जेको एक चिम्टी रगत
अशुद्ध फोहोरी, कसरी हुन्छ खै ?

इन्द्र हुन् या देउवा, बुद्ध त्यहि रगत
हिलारी हुन् या मास्टरी एउटै प्रकृति
ढुङ्गोलार्इ सुन्ने, आमालार्इ गोठ,
मान्छेको आकृति, पशु रहेछौ बेशर्मी ।

(२०१७, जुनमा दैलेख लैनचौर जहाँ सर्पले टोकेर दुई जना छोरीहरु छाउ गोठमा मरेका थिए ।)

प्रतिक्रिया