जाजरकोटमा ‘मालिका’ छायांकन

जाजरकोटमा ‘मालिका’ छायांकन

जेठ १४, २०७५ जाजरकाेट

हाल फिल्म ‘मालिका’को धमाधम सुटिङ भइरहेको छ। यतिबेला निर्माण युनिट जाजरकोटमा फिल्मको छायांकन गरिरहेको छ। केही दिनदेखि जाजरकोटको दररवार प्राङ्गणमा फिल्मको गीतको छायांकन भइरहेको छ। निर्माता, निर्देशक तथा अभिनेत्री रेखा थापा फिल्मको छायांकन एकदमै राम्रो भइरहेको बताउँछिन्। भन्छिन् ‘काम एकदै राम्रो भइरहेको छ। एकदिन पनि सुटिङ रोक्नुपरेको छैन।’

काठमाडौंबाट छायांकन सुरु गरेर निर्माण युनिट कोहलपुर हुँदै जाजरकोटसम्म पुगेको हो। अबको दश दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिने रेखाको भनाइ छ। ‘चालिस दिनको तालिका बनाएका थियौँ। दश दिन अगाडि नै सकिने भयो,’ उनले भनिन्। जाजरकोट जिल्लाको स्थानीय भेष–भुषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर र्दुइ सय ६८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा ‘मालिका’को गीत छायाँकन गरिएको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी त कोरस मात्रै रहेको रेखा बताउँछिन्। गीतमा सुरेश अधिकारीको संगीत रहेको छ।

नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ले  महिला हिंसा र बालबिवाहको विषयलाई उठान गरेको छ। फिल्ममा रेखा र जाजरकोटकी चौध वर्षिय कमला ओली मुख्य भूमिकामा छन्। रेखाले मालिकालाई तिहारको अवसर पार्दै लक्ष्मीपूजामा रिलिज गर्ने घोषणा गरेकी छन्।

प्रतिक्रिया