गुराँस गाउँपालिकाकाको एक वर्ष

गुराँस गाउँपालिकाकाको एक वर्ष

दैलेख- स्थानिय तह अस्तित्वमा आएको एक वर्ष पुरा भएको छ । यो अवधीमा स्थानिय तहहरुका मिश्रित उपलब्धी भएको छ । हुन त संक्रमणकालको कारण र शुरुमा के गर्ने भन्ने अन्यौलताका कारण पनि बाध्यकारी समस्या देखिए । तरपनि एक बर्ष मिश्रितमा बितेको पाइएको छ । दैलेखको गुराँस गाउँपालिकाले एक बर्षको अवधीमा शुरुवात भएका केहि कामको हामीले विश्लेषण गर्न खोजेका छौ ।
 जिवन शुरक्षा कोष 

यो कोषको शुरुवातलाई राम्रो कामको रुपमा मान्न सकिन्छ । जसले बालबालिकाको भविश्यलाई सुनिश्चित गर्न र समाजमा कायम गरिबी कम गर्ने जुन अठोट लिइएको छ, यसलाई सुखत शुरुवात मान्न सकिन्छ । यसबारे जनतालाई भनेअनुसारको जानकारी दिन नसक्नु गाउँपालिकाको कमजोरीको रुपमा लिन सकिन्छ । यो कोषको मर्म अनुसार जनतालाई ल्याउन सकियो भने गरिबी अन्त्य गर्न सहज हुने छ ।
गाउँपालिका सहित माध्यामिक विद्यालयमा विद्युतिय सेवा 

गाउँपालिकाले यो एक बर्षको अवधीमा गरेका आधारभुत काम मध्ये गाउँपालिका कार्यालय र केहि विद्यालयमा विद्युतिय हाजिरी र सीसी क्यामेराबाट कर्मचारीको निगरानी राख्नु राम्रो पक्षका रुपमा लिन सकिन्छ । विगतमा काममा ढिला सुस्ती लगायतका अनियमिततालाई रोक्ने नियमनकारी भूमिकामा यसलाई लिन सकिन्छ । जसले सेवाग्राहीलाई सेवा लिन सजिलो र कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी बोध भएको देखिन्छ ।
सामुहिक, सहकारी, तथा व्यक्तीगत फर्म संचालन

गाउँपालिकाले सुरु गरेको फर्मको अवधाराणालाई पनि महत्वपूर्ण कामको रुपमा लिन सकिन्छ । स्वदेशमा केहि हुँदैन पैसा कमाउन बाहिर नै जानुपर्छ भन्ने मान्यतालाई गाउँपालिकाको यो कदमले केहि रुपमा उत्साह जागेको देखिन्छ । हरेक क्षेत्र उत्पादनमा लाग्नुपर्ने जुन अवधारणा ल्याइयो यसले अझै मेहेनत तथा व्यवसायिकताको मानसिकता बनेको देखिन्छ । त्यतीमात्र हैन अहिले मानिसहरु सामुहिक तथा व्यक्तीगत रुपमा नाफामुखी व्यवसायमा लागेको देखिन्छ । यदी गाउँपालिकाले भने जस्तोगरी उत्पादनमा वृद्धि भएको अवस्थामा ३ बर्षमै भनेजस्तो आम्दानी नागरिकले लिन सक्छन् । तर यसमा एउटा चुनौती बजारीकरणमा देखिन्छ ।
 सबै वडामा सडक सञ्जाल

गाउँपालिकाका सबै वडामा सडक संग जोडिएको छ । सडक खन्दा कही कतै गुणस्तरीय काम नभएको देखियो । भने आर्थिक अनियमितताका कही कतै कुरा आए । यसमा गाउँपालिकाले जुनरुपमा अनुगमन गर्न सक्नुपथ्यो भने अनुसारको अनुगमन नभएको देख्न पाइयो । भने समग्रमा सडक सञ्जाल, विद्युत तथा खानेपानी, शिक्षा स्वास्थ्यमा सबै नागरिकहरुलाई पहुँचमा पु¥याउने गरि गाउँपालिका लागेको र केहि रुपमा कामको शूरुवात भएको देखियो ।
 जनतासँग जनप्रतिनिधि

गाउँपालिकाले जनताका समस्या के हुन ? त्यसको सुनुवाईको लागि जनतासँग जनप्रतिनिधि कार्यक्रम शूरुवात गरी प्रत्येक वडामा गएर जनताका गुनासो सुन्ने काम गरेको छ । यसले जनचाहाना अनुसारको विकास र जनताको प्रत्यक्ष सहभागिता बनाउन सक्नेगरी कार्यक्रम संचालन गरेको छ । यसलाई पनि राम्रो पक्षको रुपमा लिन सकिन्छ । यसले स्थानिय सरकारको जवाफदेहिता भएको अनुभुती जनतालाई बनाएको छ ।
 स्थानिय पाठ्यक्रमको शुरुवात

गाउँपालिकाले स्थानिय पाठ्यक्रम तयार गरी पठपाठन समेत शुरु गरेको छ । यसलाई पनि शिक्षामा सुधार गर्ने कार्यका रुपमा लिन सकिन्छ । स्थानिय स्तरमा हुने कृषि तथा फलफुल खेतीका विषयमा विद्यार्थीहरुलाई सिकाई हुनेगरी व्यवहारिक शिक्षा दिनु गाउँपालिकाको सवल पक्षको रुपमा लिन सकिन्छ । अहिले सम्मको शिक्षामा गरिएका लगानी त्यती परिणाममुखी नभएको सन्दर्भमा स्थानिय पाठ्यक्रम निर्माण गर्नु आफैमा औचित्यपूर्ण मान्न सकिन्छ ।

प्रतिक्रिया