भीरबाट खसेर महिलाकाे मृत्यू

भीरबाट खसेर महिलाकाे मृत्यू

दैलेख, जेठ २६ – नौमूले गाउँपालिका वडा नं. ७ पैतीकी एक महिला भीरबाट खसेर मृत्यू भएको छ । २८ वर्षीया सितला बिकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक बजीरसिंह बिष्टले जानकारी दिनुभयो ।
सिलाजुपाखा भन्ने बनमा घाँस काटेर फर्किदै गर्दा आँसी उद्याउने गल्फा भन्ने ठाउँमा बोकेको भारी भित्तामा ठोक्किंदा चिप्लेर झण्डै ८० मीटर तल ठूलाखोलामा खसेरमा उनको मृत्यू भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भीरबाट खस्ता टाउको फुटेको र शरीर भरी चोट लागेको खोलाको किनारमा खसेको अवस्थामा गोठाला गएका तिलबहादुर बस्नेत र घटनास्थल नजिक घट्ट कुरुवा जंगबहादुर बस्नेतले पानी खुवाए लगतै प्राण गएको पारिवारिक श्रोतले बताएको छ ।
साथैमा घाँस काट्न गएकी काइली देवरानी निर्मला बिक अगाडि भएको कारण जेठानी सितला भीरमा खसेको आवाज आएपछि मात्र थाहा पाएकी थिइन् । सितलाले बोकेको घाँसको भारी अहिले पनि भीरमै अड्किएको बताइएको छ ।

प्रतिक्रिया