नाथेखोलामा निर्माणाधिन पुल बग्ने खतरा

नाथेखोलामा निर्माणाधिन पुल बग्ने खतरा

दुर्गा वि.सी., सल्यान- सल्ली चौहरजारी सडक खण्ड अन्तरगतको नाथेखोला त्रिवेणिबजारमा निमार्णधिन पुलको काम समयमा सम्पन्न नहुदाँ आवत जावतमा कठिनाई भएको छ । बर्षात सुरु हुनै लाग्दा समेत पुलको काम सम्पन्न हुन नसक्दा अहिले खोला थुनिएको छ । निमार्णधिन पुलको सेटिङ्गको सम्पुर्ण काम सम्पन भई ढलान गर्न मात्रै बाँकी रहेको छ । वर्षातमा पुलको सेटिङ्गले गर्दा खोला थुनिदाँ आवत जावतमा निक्कै समस्या भएको स्थानीय डिल्ली रानाले वताए । समयमा काम सुरु नगरि वर्षातमा पुलको काम थालनी गर्दा खोलाले सेटिङ्गको सम्पुर्ण तयारी पुरा भएको पुल समेत बगाउने खतरा वढेको छ ।
त्यसै गरि छिन्चु जाजरकोट सडक खण्डको सल्लीवजारको बन्गाड खोलामा निमार्णधिन पक्की पुलको सेटिङका सम्पुर्ण तयारी पुरा भई ढलान गर्ने अन्तीम तयारीमा रहेको पुल बगाएको छ । उक्त पुलको पनि डाइभर्सन नगरि खोला थुनिएको थियो ।

पुलकै कारण खोला थुनिदाँ सल्ली गैलीवजारका स्थानीय वासिन्दाहरु घर न घाट भएका छन् । अर्को तर्फ सल्ली चौहरजारी सडक खण्डको बन्गाड खोलामा निमार्णधिन पुलको कामको तिब्रता नहुदाँ उक्त पुल समेत धरापमा रहेको छ । कामको जिम्मा लगेका ठेकेदार हरि वहादुर रावत पुलको काममा तदारुकता नदेखाई अन्य क्षेत्रको काममा व्यस्त रहेको स्थानीयको आरोप छ । २०७४ पौष मसान्त भित्र पुलको काम सम्पन्न गर्ने गरि सम्झौता भएको थियो ।
निमार्ण कम्पनीले पुल खोलाबाट बचाउनको लागि भरपर्दो डाइभर्सन निमार्ण गर्नु पर्ने हो तर उल्टै खोलामा ड्याम बाँधेर खोला थुनिएको छ । निमार्ण कम्पनीको हेलचक्राईका कारण पुन अर्को पुल खोलाले बगाउने संकेत देखिएको छ ।

रातदिन ताकेता गरेर समयमा काम सम्पन्न नगरि निमार्णको जिम्मा पाएका व्यक्तिहरु समेत यतिवेला पुल खोलाले बगाउला र हेरौला भनेझौ बसेका छन् । त्यसै गरि सल्ली चौहरजारी सडक खण्डको पुल देखि अन्य सडक स्तरि उन्नतीको काम ठेकेदारहरुले ठाउँ ठाउँमा काम सम्पन्न नगराई अलपत्र पारेका छन् । समयमा काम नगरि लापरवाहि गर्ने निमार्ण कम्पनिलाई सम्बन्धीत निकायहरुले वास्था गरेका छैन्न ।

प्रतिक्रिया