२ सय घरधुरीमा शुद्ध खानेपानी

२ सय घरधुरीमा शुद्ध खानेपानी

दैलेख असार ३- जिल्लाको भगवतीमाई गाउँपालिका ५ र ६ का २ सय घरधुरीमा शुद्ध खानेपानी पु¥याइने भएको छ । बर्षौ देखि खानेपानीको समस्या झेल्दै आएका गाउँपालिकाको दुई वटा वडामा खानेपानी पु¥याउन लागिएको हो । भगवतीमाई गाउँपालिका, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थीक तथा प्राविधिक सहयोग र सामाजिक सेवक केन्द्र (सोसेक) नेपाल दैलेखको सामाजिक सहजिकरणमा उक्त बस्तीमा खानेपानी ल्याउन लागिएको हो ।

गाउँपालिकाको वडा नं. ५ कट्टीका ९७ घरधुरी र वडा नं. ६ का १ सय ७ घरधुरी गरि २ सय घरधुरीमा खानेपानी ल्याउन लागिएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड अधिकृत प्रकाश अधिकारीले जानकारी दिएका छन् । सुरक्षित र शुद्ध खानेपानीको अभाव झेल्दै आएका स्थानीयबासी घरदैलोमा खानेपानी आउने भएपछि खुसी भएका छन् । बस्तीमा २ सय घरधुरीका ११ सय ८५ जना स्थानीय बासिन्दा खानेपानी योजनाबाट लाभान्वीत हुने भएका छन् । दुई वटा वडामा भुवाल्ने खोला खानेपानी आयोजना र पुरानो पानी पातिविसाहा खानेपानी तथा सरसफाई योजना संचालनमा छन् ।

दुई वटा योजनाका लागि १० किलोमिटर मुख्य पाईपलाईनबाट पानी ल्याईने आयोजनाका प्राविधक विमल प्रसाद उपाध्यायले बताए । स्थानीय बासीले गाउँमा खानेपानी ल्याउन श्रमदानदेखी दैनिक ज्यालामा काम गरिरहेका छन् । खानेपानी लिन टाढा जानु पर्दा महिलाहरुलाई कामको बोझ थियो, गाउँमै खानेपानी आएपछि महिलाहरुलाई सहज भएको छ । धाराबाट खेर गएको पानीबाट तरकारी खेती गर्ने योजना रहेको स्थानीय महिलाहरुले बताएका छन् । भुवाल्ने खोला खानेपानी आयोजनाको ७२ लाख ३६ हजार ४ सय ८१ र पुरानो पानी पातिविसाहा खानेपानी तथा सरसफाई योजनाको ८८ लाख कुल लागतमा योजनाा संचालन गरिएको हो ।

प्रतिक्रिया