लागु औषध विरुद्ध सचेतना अभियान

लागु औषध विरुद्ध सचेतना अभियान


दैलेख असार ७
दैलेख जिल्ला प्रशासन कार्यालय र समाजिक सेवा केन्द्र (सोसेक ) नेपालले लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको सचेतनामुलक अभियान सुरु गरेको छ । पछिल्लो समय जिल्लामा यूवा यूवतिहरु लागु औषधको कुलतमा फस्दै गएको भन्दै यस्तो अभियानको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानले जानकारी दिएका छन् । अभियानका लागि विभिन्न स्थानहरुमा सचेतनामुलक संदेश लेखिएको व्यानर टाँसिएको छ । दैलेखको स्थानीय देवकोटा चोक, डेकेन्द्र चोक, गणेश चोक, काँडाचौर बसपार्क, जिल्ला प्रहरी कार्यालय, टुडिखेल लोकतान्त्रीक चोक, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालय पछाडी रहेको बस काउन्टरमा सचेतनामुलक संदेश टासिएको हो । बुधवारबाट सुरु गरिएको साता व्यापी रुपमा सुरु भएको अभियान आगामी मंगलवार सकिने बताइएको छ । सचेतनामुलक व्यानरमा स्वच्छ, सवल र समृद्ध नेपालको प्रतिबद्धता ःलागु औषध अपराध विरुद्धको ऐक्यबद्धता,सबै नेपालीको चाहाना, लागु औषध उत्पादन, अबैध ओसारपसार र सेवनरहित समाजको कामना जस्ता नाराहरु समावेश गरिएको छ ।

प्रतिक्रिया