दुल्लु नगरका १३ वटा नमूना विद्यालय छनोट

दुल्लु नगरका १३ वटा नमूना विद्यालय छनोट

दुल्लु नगर संवाददाता
दैलेख– दुल्लु नगरपालिकाका प्रत्येक वडाका १/१ वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा छनोट गरिएको छ । शिक्षा सरोकार केन्द्र काठमाण्डौको व्यवस्थापन तथा दुल्लु नगरपालिकाको आयोजनामा नगरपालिका अन्र्तगतका १३ वटा नमुना विद्यालयका प्रध्यानाध्यपकहरु विच पहिलो चरणको छलफल कार्यक्रममा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले यस्तो जानकारी गराएका हुन् ।

छनोट भएका विद्यालयहरुमा नेपाल राष्ट्रिय आधारभुत विद्यालय देउतीचौर, धानेश्वर माध्यामिक विद्यालय नाउले, आधारभुत विद्याल मष्टानारायण पोखरी, शान्ति सिर्जना आधारभुत विद्यालय शान्तिबजार, जनकल्याण आधारभुत विद्यालय पाथरनाउली, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लेखालगाउँ, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किर्तीखम्ब, महादेब आधारभुत विद्यलाय घिँयातीदु, प्रेमदेब माध्यामिक विद्यालय धामीगाउँ, पंचकोशी ज्वाला माध्यामिक विद्यालय गमौडी, भानु माध्यामिक विद्यालय तोराय, सुर्यदय माध्यमिक विद्यालय गौरी, कालीकादेबी माध्यामिक विद्यालय हाडेआउत, रहेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले अहिलेको खस्किदो गुणस्तरलाई कम गर्न गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यले शिक्षा सरोकार केन्द्र काठमाण्डौ अन्र्तगत दुल्लु स्कुल परियोजना मार्फत प्रत्येक वडाका एउटा नमुना विद्याल छनौट गरिएको बताए । कार्यक्रमको सहजीकरण शिक्षा सरोकार केन्द्रका कार्यकारी निर्देशक मिन बहादुर शाहीले गरेका थिए ।

प्रतिक्रिया