युवा प्रतिभा र उद्यमीको खोजी

युवा प्रतिभा र उद्यमीको खोजी

 दैलेख असार १०
जिल्ला युवा समितिको कार्यालय दैलेखले युवा प्रतिभा र उद्यमीको खोजी गरेको छ । युवाहरुको प्रतिभा पहिचान तथा उद्यमीको खोजी गरी उनीहरुको कार्यलाई प्रोत्साहन गर्नका लागि बिभिन्न बिषयमा दखल राख्ने युवाहरुको खोजी गरिएको हो ।

जिल्लाका १६ देखि ४० बर्ष उमेर समुहका युवा प्रतिभा तथा युवा उद्यमीहरुलाई पुरस्कृत एंव प्रंशसित गर्ने कार्यक्रम अनुसार युवाहरुको फारक संकलन भइरहेको जिल्ला युवा समिति दैलेखका अध्यक्ष चन्द्र प्रसाद दाहालले जानकारी दिएका छन् । त्यस्ता युवाहरुले आवश्यक कागजात सहित जिल्ला युवा समितिको कार्यालयमा आई फारम भर्न सक्नेछन् ।

जिल्ला युवा समितिको कार्यालयमा आयोजित युवा मुद्धा तथा कार्यक्रमको बारेमा पत्रकार संग अन्तरक्रिया तथा युथ नीति र युथ भिजन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने “युवाहरुको प्रतिभा पहिचान तथा उद्यमीको खोजीका लागि फारम संकलन गरिरहेका छौ, फारम संकलन पश्चात युवा समितिको बैठक बसेर त्यस्ता युवाहरु छनौट गर्ने कार्यक्रम छ ।” विभिन्न क्षेत्रमा दखल राख्ने युवाहरुको व्यक्तिगत तथा संस्थागत रुपमा फारम संकलन गरिरहेको अध्यक्ष दाहालले जानकारी दिए । जिल्ला युवा समितिले गर्ने बार्षिक कार्यक्रम अन्तरगत यस बर्ष विभिन्न कार्यक्रमहरु संचालन गरिएको अध्यक्ष दाहालले जानकारी दिए । युवा समितिले यस बर्ष अन्तराष्ट्रिय युवा दिवसको अबसरमा विभिन्न कार्यक्रम गरेको थियो । अध्यक्ष दाहालले जिल्लामा युवा उद्यम कार्यक्रम संचालन भइरहेको जानकारी दिए ।

उनका अनुसार युवा उद्यम कार्यक्रम अन्तरगत जिल्लाका दुई वटा निर्वाचन क्षेत्रका दुई वटा समुहले व्यवसाय संचालन भइरहेको छ । क्षेत्र नं। १ को नारायण नगरपालिका ६ मा रहेको प्रगतिशिल ताजा तरकारी समूह र क्षेत्र नं। २ अन्तरगत आठवीस नगरपालिका ३ मा रहेको कालिका युवा तरकारी फलफूल उत्पादन समूहले व्यवसाय संचालन गरिरहेका अध्यक्ष दाहालले जानकारी दिए ।

एउटा समूहमा १० जना युवाहरु समावेश हुनु भएको छ, उनले भने “व्यवसायबाट भएको नाफा, घाटा, आय व्यय सामुहिक रुपमा हुन्छ ।” व्यवसाय संचालनका लागि एउटा समूहलाई ५ लाख रुपैयाँ ऋण उपलब्ध गराएको अध्यक्ष दाहालले बताए । उक्त ऋण रकम चार बर्ष पछि फिर्ता गर्नुपर्ने प्रावधान रहेको अध्यक्ष दाहालको भनाई छ ।

जिल्ला युवा समिति दैलेखले युवा सिप विकास तालिम अन्तरगत १६ जना युवाहरुलाई ३९० घण्टे हाउस वाइरिङ्ग तालिम संचालन गरिएको कार्यालयका कम्प्युटर अपरेटर अजय श्रेष्ठले जानकारी दिए । उक्त तालिम नारायण नगरपालिकामा संचालन भइरहेको छ । यस्तै युवा सिप विकास तालिम अन्तरगत लोपोउन्मुख जाति राउटे युवाहरुलाई लक्षित गर्दै लोपउन्मुख परम्परागत सिप युवा पुस्तामा हस्तान्तरण हुने गरि तालिम संचालन गर्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए । विशेष गरि लोपोउन्मुख जाति राउटे युवाहरुलाई लक्षित गर्दै ४६ जना युवालाई परम्परागत सिप पुस्ता हस्तान्तरता कार्यक्रम संचालन गर्ने उनले जनाए ।

प्रतिक्रिया