श्रमिक बालकको उद्धार

श्रमिक बालकको उद्धार

दैलेख असार ११
जिल्लको डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ को डुङ्गेश्वर बजारबाट दुई जना बालकको उद्धार गरिएको छ । डुङ्गेश्वर बजारको एक होटलमा बाल श्रमिकको रुपमा काम गर्दै आएको दुई जना बालकलाई उद्धार गरिएको हो । गुरासँ गाउँपालिका वडा नं. ५ गोगनपानी (काफलमेला) का लोक बहादुर सुनारका छोरा द्धय ९ बर्षिया सन्तोष सुनार र ७ बर्षिया दिलिप सुनारलाई उद्धार गरि ल्याइएको ।

उनकाे आमा भारतमा बेचबिखनमा परि हाल माइती नेपालको संरक्षणमा रहेको बताइएको छ । उनिहरुलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले उद्धार गरेका हुन् । काठमाण्डौबाट फर्कदै थिए, दुई जना बालक होटलमा काम गर्दै आएको थाहा पाएर उद्धार गरि ल्याएको हुँ, थापाले भने । उद्धार गरि ल्याइएका बालकलाई सोसेक बाल हेल्पलाइन, महिला तथा बालबालिका केन्द्रको संरक्षणमा राखिएको छ । दुई जना बालक मध्ये ९ बर्षिया सन्तोष सुनारले डुङ्गेश्वरमा रहेको मल्ल होटलमा १५ सय रुपैयाँमा भाडा माझ्ने काम गरेको बताए ।

प्रतिक्रिया