बिद्युत सेवा बिस्तार भएपछि स्थानीय हर्षित

बिद्युत सेवा बिस्तार भएपछि स्थानीय हर्षित

लाँकुरी संवाददाता
दैलेख असार १३
जिल्लाको डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीको पैयाँचौर असुुरेनी बस्तीमा बिद्युत सेवा बिस्तार भएको छ । नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रले पैयाँचार बस्तीमा विद्युत सेवा बिस्तार गरेको हो । गाँउमा पहिलो पटक बिद्युत पुग्दा असुरेनीका स्थानियबासी हर्षित भएका छन । डुङ्गेश्वर गाउँपालिका २ नं. वडा कार्यालयको पहल र नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रले विद्युत विस्तार गरिएको वडा अध्यक्ष राज कुमार खत्री जानकारी दिएका छन् । लामो समय देखिको पहलपछि पैयाँचौर असुुरेनी बस्तीमा विद्यतु विस्तार गर्न सफल भएको वडा अध्यक्ष राजु कुमार खत्रीको भनाई छ ।


अहिले बिद्युत उपभोग गर्ने वडा नम्बर २ पैयाँचौर असुुरेनी बस्तीमाका २२ घरधुुरी मात्र रहेका छन् । बिद्युत नहुँदा पैयाँचौर असुुरेनी बस्तीका स्थानिय सोलार मार्फत उज्यालो बत्ति मुनि बस्दै आएको भएपनि गाउमै पहिलो पटक बिजुली पुगेपछि भने उत्साहित भएका छन् । सोलारबाट मोवाईल चार्ज गर्न तथा अन्य बिभिन्न प्रयोजनका लागी प्रयोग गर्न नमिल्ने भएकाले उनिहरु चिन्तीत भएका थिए । अहिले भने गाउँमा बिजुली बत्ति बलेपछि यस्ता समस्या समाधान भएको छ,भने गाँउनै झिलीमिली भएका छ ।
यस अघि गाउँमा विद्युत विस्तार गर्न कसैले पहल गरेन्, स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित प्रतिनीधीहरुले पहल थालेर गाउँमा बत्ती बल्यो, गाउँ गाउँमा सिंहदवार आएको महसुस भएको छ, स्थानीय हरिकला गुरुङ्गले भनिन् ।

प्रतिक्रिया