अर्जुन सुनामको सांगीतिक यात्रा

अर्जुन सुनामको सांगीतिक यात्रा

आधुनिक तथा पप गायक अर्जुन सुनाम मलेसियामा सम्मानित भएका छन् । नेपाल टेलिकम र संगित शिक्षा फिल्मले मलेसियामा सयुक्त रूपमा आयोजना गरेको विशेष कार्यक्रममा सुनामलाई सम्मानित गरेको हो । उनि “दिल प्यासि प्यासि भो” वोलको गित वाट उत्कृष्ट गायकको रूपमा सम्मानित भएका थिए ।
सम्मान ग्रहण गर्दै सुनामले सधै साथ सहयोग प्रेरणा हौसला दिने ब्यक्तित्व तथा गीतहरु मन पराउनुहुने सम्पूर्ण दर्सक तथा स्रोताहरुलाई आभार ब्यक्त गर्दै आयोजकलाई धन्यबाद दिएका थिए ।दर्जनौ कलाकारको साथमा सुनाम मलेसिया पुगेका थिए ।
को हुन अर्जुन सुनाम नजिकबाट चिनौ चर्चित गजल गीत “रामकसम” धेरैको जिब्रोमा झुन्डिन सफल भयो तर यो गीतका गायकलाई भने धेरैले चिन्न सकेनन । दर्जनौ लोक, आधुनिक र पप गीतमा आवाज भरी गीत चर्चाको शिखरमा पुग्दा पनी आफु भने छाँयामा परेका कलाकार हुन अजुर्न सुनाम ।
२०३९ सालमा कैलालीको लम्किचुवामा जन्मिएका सुनामको आवाजमा रहेको पहिलो गीत “सुर्खेतमा बुलबुले ताल”ले नै दर्शक स्रोताको मन जित्न सफल भएको थियो ।प्रस्तुत छ सुनामको सांगीतिक यात्राको शन्दर्भमा गरेको कुराकानी ः
१. सांगीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
२०५९ सालमा गाउँमा देउँसी भैलोको समयमा त्यतिवेला अत्यन्त चर्चित गीत आदरणीय दाजु नारायण रायमाझिको “नमुछे आमा दहिमा टिका” भन्ने गीत गाए । गीत गाएपछी गाउँमा राम्रो गीत गाउछ भन्ने हल्ला चलेछ । जसको कारण यो मान्छेले पनी सांगीतिक क्षेत्रमा केही गर्न सक्छ भन्ने साथीभाई तथा परिवारको भरोसाका कारण म २०५९ सालमै गाउँमा संगीत सिक्ने कुनै माध्यम नभएको कारण गृह जिल्ला छाडी सुर्खेत प्रवेश गरे जहाँ मेरो मामा घर थियो । मेरो मामा कुलमान नेपाली नृत्य निर्देशक हुनुहुन्थ्यो । जसले गर्दा मलाई सहज पनी भएको थियो । सुर्खेतको बागिना समुहमा केही समय संगीत सिक्ने र विभिन्न कार्यक्रममा घुम्ने मौका मिल्यो । २०६० सालमा आदरणीय मामा नृत्य निर्देशक कुलमान नेपालीसंगै म काठमाण्डौ प्रवेश गरे । काठमाण्डौ प्रवेश पछी पहिलो पटक चलचित्र बन्धकीको गीत गाउने कुरा भयो । निर्देशक किशोर राना र निर्माता डक्टर सिङ्ग गुरुङ्गले मलाई गाउने अबसर दिनुभयो । अन्तत सुर्खेतमा बुलबुले ताल चौतारीमा भेट भयो यो साल बोलको गीत गाए । पहिलो गतिनै दर्शक स्रोताले अत्याधिक रुचाएदिनु भयो भने मेरो लागी पनी अर्जुन सुनाम भनेर चिन्ने गीत बन्यो । सुर्खेतमा बुलबुले ताल पछी गीत संगीतको यात्रा निरन्तर चलिनै रह्यो ।
२. अन्य कस्ता कस्ता गीतहरु बजारमा आए ?
सुर्खेतमा बुलबुले ताल पछी गीत संगतिको यात्रा निरन्तर चलिरह्यो । २०६३ सालमा जान त साइली जानीहो घर बोलको झ्याउरे गीत चलचित्र बाटुलीका लागी गाउने अबसर मिल्यो । त्यसपछी पनी गीत संगीतको प्रकृया जारीनै रह्यो । केही लोक, केही आधुनीक, केही पप गीतहरु गाए । तिम्रै झल्को, रामकसम जस्ता २०० भन्दा बढी गीतहरु गाए भने सबैको माया पनी पाए ।
३. संगीत के रहेछ ? पुराना र नयाँ गीतको अवस्था कस्तो छ ?
संगीत भनेको सुनेर या भनौ हेरेर आनन्द प्राप्त गर्ने एउटा माध्यम हो । दुख सुख विताउने एउटा चौतारी हो । समग्रमा भन्दा जिउने आधारनै संगीत हो । पुराना र नयाँ गीतलाई हेर्दा पहिले गीत सुन्ने चलन थियो अहिले हेर्ने चलन छ । क्यासेटको जमानामा केही हदसम्म गीत गाएर बाच्न सक्ने आधार थियो तर अहिले भने स्टेज कार्यक्रम बाट मात्र एउटा कलाकार बाच्ने आधार बनेको छ ।

४. गीत चर्चित भए तर तपाईं त हुन सक्नु भएन ?
पक्कै पनि हो जसरी मेरा गीत दर्शक स्रोताले रुचाइदिनु भयो चर्चित पनी भए तर म भने पर्दा पछाडी नै भए । यो हुनुमा मेरो आफ्नै दोष हो । विदेशबाट अफर आएपछी म गीत गाउनकै लागी बहराइनमा ३,४ वर्ष विताए जसको कारणले गर्दा पनी सांगीतिक जिवनमा गीत जस्तो अनुहार हिट भएन । विदेश रहदा वर्ष वर्षमा नेपाल आउदा गीत रेकर्ड गर्थे तर जे भएतापनी संगीतलाई छाडेको छैन यसैमा सयर गर्ने प्रयासरत छु । अब अझ ब्यवस्थतित रुपमा अगाडी बढ्ने कोसिसमा छु ।
५. पछिल्लो समयमा नेपाली संगीतको अवस्था कस्तो छ ?
नेपाली संगीतको माहोल दिन प्रतिदिन फैलिदै छ तर त्यसको व्यवस्थापन भने अत्यन्तै फितलो छ । विभिन्न संघ संस्थाहरु लागी परे पनी त्यसले सार्थकता पाएको छैन । सायद राज्य पक्ष बाटनै पहल भयो भने मात्र राम्रो हुन्थ्यो जस्तो लाग्छ । हामीलाई राष्ट्रका गहना मात्रै भनेर सिमित नगरियोस एउटा अंगको रुपमा लिएको भए सायद हामीमा पनी केही गर्ने उत्साह जाग्थ्यो की अथवा जिम्मेवारी दिएपछी मैले यो गर्नु पर्छ भन्ने कर्तव्य बोध हुन्थ्यो जस्तो लाग्छ । गीत संगीतको कुरा गर्दा जसले जस्तो गीत रेकर्ड गर्दा पनी हुन्छ । गीत गाउने लाई गाउन संग मतलब छ । सृजना गर्नेलाई कसरी हुन्छ चर्चामा आउन मतलब छ । जसले गर्दा गीत संगीत केही विग्रिएको होकी भन्ने लाग्छ । फेरी यहिनै हो भन्ने पनि होइन म गलत हुन पनी सक्छु । चर्चामा मात्रै आउनु ठुलो कुरा होइन । स्वर संम्राठ नारायण गोपालका गीतहरु अहिले पनी हमीले गुनगुनाउनुको मुख्य कारणनै ति गीतका शब्द, स्वर र संगीतमा निकै मेहनत गरेर बनाइएको थियोरत ति गीत कालझै बने । हामीले पनी त्यस्तै गीत बनाउने र गाउने प्रयत्न गर्नुपर्छ ।
६. सांगीतिक क्षेत्रमा होमीदै गरेका नब कलाकार हरुलाई के भन्नुहुन्छ ?
नयाँ आउदै गरेका भाइबहिनी हरुलाई म के भन्छु भने तपाईंमा रहर हुन त जरुरीनै छ । त्यसका साथ साथै आफुमा पनी केही कला अथवा गला हुन आबश्यक छ ।
म कस्तो माहोलमा होमीदै छु त्यसमा केही बुझेर होमीनुहोला । गीत गाउँनु मात्रै ठुलो कुरा होइन । हामी कहाँत अझ एउटा कस्तो संस्कार छ भने गाँउ बाट झर्ने वित्तिकै गीत रेकर्ड गर्ने भयाभह अबस्था छ । गुरु विनाको ज्ञान सधै अपुरो हुन्छ । यो क्षेत्रलाई लामो समय सम्म टिकाउनका लागी साधनाको अत्यन्त खाँचो पर्छ । त्यसैले सुझ बुझका साथ लाग्नुहुन अनुरोध गर्दछु ।
७. अन्त्यमा के भननुहुन्छ ?
एउटा गायक बन्नका लागी गीत मात्रै गाएर नपुग्दो रहेछ । आफुलाई सल्लाह र मार्गदर्शक गर्ने मान्छेको पनी खाँचो पर्दौ रहेछ । मैले त्यस्ता मान्छेको साथ पाए सुर्खेतमा बस्दा आदरणीय मामा नृत्य निर्देशक कुलमान नेपाली तथा काठमाण्डौमा आदरणीय दाजु नारायण रायमाझी सङ्गै रहेर धेरै कुरा सिक्ने मौका पाए । त्यस्तै वि.वि अनुरागी दाजु लगायतका ब्यक्तिहरुको साथ पाए । संगीतमै १५ वर्ष विताए अब आउने दिनहरुमा पनी संगीतमै समर्पीत हुनेछु र मेरो कोसिस पनी त्यही छ ।
खबर खुराक डट कम बाट लिइएको ।

प्रतिक्रिया