राउटे बस्तीमा सरसफाई तालिम

राउटे बस्तीमा सरसफाई तालिम

दैलेख–फिरन्ते जीवन बिताउँदै आएका राउटे नागरिकहरुलाई सरसफाई सम्बन्धि तालिम प्रदान गरिएको छ । गुराँस गाउँपालिका–८ पातलेखोलामा बस्दै आएका राउटे समुदायका महिला तथा बालबालिकाहरुलाई लक्षित गर्दै उनिहरुको स्वास्थ्य र सरफाईको क्षेत्रमा सुधार गर्नका लागि तालिम प्रदान गरिएको      हो ।

राउटे उत्थान प्रतिष्ठान नेपाल, केन्द्रिय कार्यालय काठमाण्डौको पहलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले नारायण नगरपालिका दैलेखमा पठाएको बजेटले राउटे उत्थान प्रतिष्ठान नेपाल, जिल्ला शाखा दैलेख द्धारा स्वास्थ्य तथा सरसफाई सम्बन्धि तालिम प्रदान गरिएको हो ।

तालिम संगै राउटे महिला तथा बालबालिकाहरुलाई कपडा, कपडा धुने सावुन, ब्रस, नङकट लगाएतका सरसफाई सम्बन्धि सामग्रीहरु प्रदान गरिएको छ ।
तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले राउटे समुदायका नागरिकहरु परिवर्तनको संघारमा आइपुगेको बताएका छन् । कार्यक्रममा नेकपाका नेताहरु प्रेम खड्का, लक्ष्मी कार्की लगाएतले आफ्नो धारणा राखेका थिए । राउटे उत्थान प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष सत्यदेवि अधिकारीले राउटे समुदायको स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा परिवर्तन ल्याउनका लागि तालिम प्रदान गरिएको बताइन् ।

प्रतिक्रिया