विद्यालयलाई सामग्री हस्तान्तरण

विद्यालयलाई सामग्री हस्तान्तरण

दैलेख साउन ७ ।
सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित सहयात्रा परियोजनाले विद्यालयलाई सामग्री हस्तान्तरण गरेको छ । नारायण नगरपालिका ६ मा रहेको रेडक्रस माध्यामिक विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको सहयात्रा परियोजनाका कार्यक्रम निर्देशक नवराज विसीले जानकारी दिए ।
विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामग्री प्रदान गरिएको विसीले जनाए । उनका अनुसार विद्यालयमा आवश्यक पर्ने सांकेतिक भाषाका चार्टहरु, ग्यास चुलो, प्रेसर कुकर, बालबालिकाहरुका लागि झुल (१४ वटा) हस्तान्तरण गरिएको हो । यस्तै खेलकुद तर्फका भलिबल, स्किपिङ लगाएतका सामग्रीहरु प्रदान गरिएको हो ।
सामग्री सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले हस्तान्तरण्ण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष थापाले विद्यालयलाई प्रदान गरिएको शैक्षिक तथा खेलकुदका सामग्रीहरु सहि ढंगले प्रयोग गर्न आग्रह गरे । विद्यालयका शिक्षक लक्ष्मी प्रसाद रेग्मीले विद्यालयका लागि अत्यावश्यक सामग्रीहरु उपलब्ध गराइदिने सेभ द चिल्ड्रेन, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, सहयात्रा परियोजनालाई धन्यवाद दिए ।

प्रतिक्रिया