प्रमुख जिल्ला अधिकारी न्यौपानेको बिदाई

प्रमुख जिल्ला अधिकारी न्यौपानेको बिदाई

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपालेलाई मायाको चिनो प्रदान गर्नुहुँदै सामाजिक सेवा केन्द्र (सोसेक)नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा ।

दैलेख– प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपालेलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सम्मान तथा बिदाई गरेको छ । ११ महिनाको अवधीम सम्म दैलेख जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहदाँ महिला तथा बाल बालिकाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेलाई सम्मान गरेको हो ।
सरुवा भई जिल्ला प्रशासन कार्यालय बाँके जान लाग्नु भएका प्रजिअ न्यौपानेलाई दोसल्ला ओडाई सम्मान गरिएको हो । उहाँलाई मायाको चिनो समेत प्रदान गरिएको छ ।संस्थाको १३ औं वार्षिक समिक्षा, क्षमता विकास तथा रणनैतिक योजना तर्जूमा गोष्ठीको अबसर पार्दै प्रजिअ न्यौपानेलाई सम्मान तथा बिदाई गरिएको हो । बिदाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले महिला, बालबालिका तथा विपन्न वर्गको क्षेत्रमा गर्दै आएको कार्य प्रंशसिनय रहेको औल्याए । उनले अबका दिनहरुमा महिला तथा बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वीत हुने गरि कार्यक्रमहरु संचालन गर्न सोसेकलाई सुझाव दिए ।

प्रतिक्रिया