मनोरञ्जन क्षेत्रमा व्यवसायीक बाल यौन शोषणका विषयमा अन्तरक्रिया

मनोरञ्जन क्षेत्रमा व्यवसायीक बाल यौन शोषणका विषयमा अन्तरक्रिया

काठमाण्डौ साउन २९, नेपालका मनोरञ्जन क्षेत्रमा हुने व्यवसायीक बाल यौन शोषण तथा आन्तरिक बेचविखनको समस्या र सामाधानका उपायहरु विषयक काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । मरोरंजन क्षेत्रमा व्यवसायिकरुपमा लागेको २४ जना वालिका र महिलाहरुको वन्द सत्रमा छलफल भएका विषयवस्तुहरुलाई अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको थियो । मनोरंजन क्षेत्रलाई कसरी सुरक्षित र मर्यादित वनाउन सकिन्छ र वालवालिकालाई सो क्षेत्रवाट प्रभावित हुनवाट जोगाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

सो क्षेत्रमा लागेका अनुभवलाई साटासाट गर्न महिला तथा वालवालिकाको प्यानल छलफल पनि गरियो । महिला, वालवालिका तथा जेष्ठ नागरिक मंत्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल प्रहरी, काठमाण्डौ महानगरपालिका, श्रम संगठन लगायत नागरिक समाजकको सहभागितामा एटविनको आयोजना तथा फ्रिडम फण्डको आर्थीक सहयोग भएको कार्यक्रममा मनोरञ्जन क्षेत्रमा हुने बाल यौन शोषणको विषयमा छलफल गरिएको हो । मनोरञ्जन क्षेत्रमा हुने व्यवसायीक बाल यौन शोषण संगै आन्तरिक बेचबिखनको समस्या तथा समाधानको उपाएहरुबाट छलफल गरिएको छ ।

प्रतिक्रिया