तालिमले शिक्षण सिकाई सहज

तालिमले शिक्षण सिकाई सहज

दैलेख, साउन ३० – सामाजिक सेवा केन्द्र (सोसेक)का अध्यक्ष मञ्जू खड्काले २ दिनको तालिमले मनोविज्ञानका सबै क्षेत्र समेट्न नसके पनि बाल मनोविज्ञान बुझ्न सजिलो हुने बताएकी छिन् ।
सेभ द चिल्ड्रेनसंगको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक)को आयोजनामा आधारभूत तहका शिक्षकहरुका लागि दैलेख बजारमा बुधवार सम्पन्न २ दिने मनोसामाजिक सहायता तालिममा उनले यसले शिक्षण सिकाई सहज हुने विश्वास गरिन् ।
त्यस बखत सहजकर्ता अमर सुनार, सोसेकका कार्यक्रम निर्देशक नवराज बीसी, शिक्षा अधिकृत मोहन पौडेल र अनुगमन शाखा प्रमुख अमृत तिमिल्सिना, शिक्षकहरु सावित्री कँडेल र दीपेन्द्र शाहीले तालिमको महत्व र सामाजिक सेवा केन्द्र (सोसेक)को नीति विषयमा प्रकाश पारेका थिए ।
सहयात्रा परियोजना क्षेत्रका ७ महिला सहित १९ जना शिक्षकहरुको सहभागिता रहेको तालिमको सहजीकरण मनोविमर्शकर्ता पत्रकार अमर सुनारले गरे गरेका थिए ।
बाल मनोविज्ञान बुझ्ने तरिका, रोकथामका उपाय र मनोरोगीको उपचार पद्धति विषयमा अभिमुखीकरण गरिएको थियो । तालिमको अवसरमा बालबालिकाको बृद्धि विकासमा सघाउने व्यवहारिक ज्ञान सीप दिइएको थियो ।

प्रतिक्रिया