स्मार्ट सिटीबारे परामर्शदातासंग छलफल

स्मार्ट सिटीबारे परामर्शदातासंग छलफल

दैलेख (दुल्लु), ८ भदौ 
दुल्लू नगरपालिकामा स्मार्ट सिटी निर्माणको रणनैतिक योजना बारे परामर्शदाता हरुसंग छलफल गरिएको छ । शहरी बिकास तथा भवन निर्माण विभागको नयाँ शहर आयोजना समन्वय कार्यालयको कार्यक्रम अन्तरगत दुल्लुमा छलफल गरिएको हो ।

दुल्लु नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा पूर्व सांसद लक्ष्मीप्रसाद पोखरेल, नयाँ शहर आयोजनाका आयोजना निर्देशक पराग कायस्थ, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका प्रमुख नारायण प्रसाद भण्डारी, दुल्लू नगरपालिकाका १३ वटै वडा वडा अध्यक्ष लगाएत सहभागि थिए ।
नेपाल सरकारले नेपालका १० वटा शहरहरुलाई स्मार्ट शहर निमार्ण गर्ने प्रवधान अनुरुप दुल्लू नगरपालिका पनि छनौट भएकोले रणनैतिक योजना बारेमा परामर्शदाता हरुसंग छलफल गरिएको हो । छलफल कार्यक्रममा कार्यक्रमको उदेश्य र लक्षको बारे नयाँ शहर आयोजनाका आयोजना निर्देशक पराग कायस्थले जानकारी गराउनु भएको थियोे ।
कार्यक्रममा दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले स्मार्ट सिटी संगै धार्मीक शहर निर्माणको लागि सहजकर्ता टोलीसंग आग्रह गर्नुभयो । दुल्लू नगरपालिकाको स्मार्ट सिटीको डिपीआर गर्ने जिम्मा नेपाल डेभ्लपमेन्ट कन्सल्टेन्सीले पाएको छ । यो डिपीआरको काम अबको ६ महिनामा सम्पन्न गरेर नेपाल सरकारलाई बुझाउने कन्सल्टेन्सीका प्रमुख कृष्ण प्रसाद तिमल्सेनाले बताउनु भयो । टोलीले (भोली) शनिवार देखी विभिन्न चरणमा कामहरु सुरु गर्नेछ ।

प्रतिक्रिया