महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यु

महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यु

कञ्चनपुर। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।

शुक्रबार दिउँसोको प्रदर्शनमा प्रहरीको गोली लागेर बालक शनि खुनाको मृत्यु भएपछि स्थानीय प्रशासनले साँझ ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सूचना जारी गरि कर्फ्यूको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ ।

१३ बर्षिया किशोरीको हत्या भएपछि दोषीलाई कार्वाहीको माग गर्दै भइरहेको विरोध कार्यक्रममा १४ बर्षिय किशोरको प्रहरीको गोली लागेर निधन भएपछि कञ्चनपुरको स्थिति तनावग्रस्त छ  हाम्रो कुरा मा खबर छ

 

प्रतिक्रिया