दैलेखको कोतगढी नेपालकै प्रमुख ऐतिहासिक सम्पदा -मन्त्री बुढा

दैलेखको कोतगढी नेपालकै प्रमुख ऐतिहासिक सम्पदा -मन्त्री बुढा

 क्याप्सन – दैलेखका ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक सम्पदाहरुको अवलोकन गर्नुहुँदै मन्त्री नन्दसिंह बुढा लगाएतको टोली । 

दैलेख, १० भदौ
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले दैलेख जिल्ला ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक सम्पदा, प्राकृतिक स्रोत साधन एवं पर्यटकीय क्षेत्रले भरिपूर्ण भएको बताउनुभएको छ । कर्णाली प्रदेशको सबैभन्दा अग्लो धार्मिक स्थल महावुधामको मेलामा सहभागि हुन दैलेख आउनु भएका मन्त्री बुढाले दैलेख सदरमुकाममा रहेको कोतगढी नेपालकै ऐतिहासिक सम्पदा रहेको बताउनुभयो । दैलेख सदरमुकाम वरिपरि रहेका धार्मीक सम्पदाहरुको अलोकन गर्दै मन्त्री बुढाले दैलेखको पुरानो बजारमा अवस्थित युद्ध किल्लाको रुपमा चिनिने गढी नेपालकै प्रमुख ऐतिहासिक र पुराताव्तकि सम्पदा भएको बताउनुभएको हो ।
मैले यस्तो गढि पहिलो पटक देखेको हुँ, उहाँले भन्नुभयो “यो कोत गढि दैलेखको मात्र नभई समग्र कर्णाली प्रदेशका लागि महत्वपूर्ण छ ।” संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको कोतगढिलाई पुरातव्व विभागसंग समन्वय गरि पर्यटकिय गन्तव्र्यको रुपमा विकास गर्ने मन्त्री बुढाले बताउनुभयो । अहिले पनि नेपाली सेनाको मातहतमा रहेको दैलेखको कोतगढीलाई स्थानीय तहको स्वामित्वमा ल्याउनका लागि नगरपालिकाले पहल थाल्नु पर्ने उहाँको भनाई छ । उहाँले स्थानीय सरकारले कोतगढिलाई आफ्नो स्वामित्वमा ल्याउनका लागि निणर्य गरि प्रदेश सरकारलाई पठाएपछि त्यस पछिको पक्रिया प्रदेश सरकारले अगाडी बढाउने बताउनुभयो ।

ऐतिहासिक कोत गढिलाई स्थानीय तहको मातहतमा ल्याउन सके संरक्षणमा सहयोग पुग्ने बताउदै त्यसका लागि नारायण नगरपालिका र कर्णाली प्रदेश सरकारले एकै साथ पहल थाल्ने बताउनुभयो । ऐतिहासिक गढीलाई स्थानीय तहकै स्वामित्वमा ल्याउन सके स्थानीय तहले संरक्षण गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सक्छ, त्यसो गर्न सकियो भने स्थानीय सरकारलाई आम्दानीको स्रोत बढ्न सक्छ, उहाँले भन्नुभयो ।
प्रदेश सरकारले कर्णाली प्रदेश भित्र रहेको पुराताव्तीक, धार्मीक सम्पदाहरुलाई आफ्नो अपनत्वमा ल्याउने बताउदै मन्त्री बुढाले दैलेख सदरमुकाममा रहेको गणेश मन्दिरलाई व्यवस्थीत गर्न निर्र्देशन दिनुभयो । मन्दिर मात्रै निर्माण गर्ने भन्दा पनि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुस, उहाँले भन्नुभयो । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा, साँस्कृतिक, पर्यटकिय एंव धार्मिक स्थलहरु रहेको स्मरण गर्दै मन्त्री बुढाले दैलेखलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आफुले पहल थालेको बताउनुभयो ।
यस्तै कर्णाली प्रदेशका सांसद अमर बहादुर थापाले दैलेख जिल्ला ऐतिहासिक तथा साँस्कृतिक रुपले मुलुककै तेस्रो जिल्ला भएको बताउनुभएको छ । उहाँले दैलेख जिल्लाको ऐतिहासिक, धार्मीक तथा साँस्कृतिक सम्पदाहरुको विकास र संरक्षणका गर्न प्रदेश सरकारले काम अघि बढाउने बताउनुभयो । दैलेखमा पर्यटन विकासका लागि पनि आफुले प्रदेश सरकार संग पटक–पटक आग्रह गर्दै आएको बताउदै सांसद थापाले कोतगढि देशकै महत्वपूर्ण ऐतिहासिक सम्पदा भएको बताउनुभयो ।
कर्णाली प्रदेशको सबैभन्दा अग्लो धार्मिक स्थल महावुधामको मेलामा सहभागि हुन दैलेख आउनु भएका कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा लगाएतको टोली महाबु जाने सडकमा आएको पहिरोका कारण महावु मेलामा सहभागि हुन सकेन् । मन्त्री बुढा र सांसद अमर बहादुर थापा सहितको टोलीले दैलेख सदरमुकाम नजिकैका बेलासपुर मन्दिर, भुर्तीका पञ्चदेवल, गणेश मन्दिर र ऐतिहासिक कोत गढिको अवलोकन गर्नुभएको छ ।

प्रतिक्रिया