सबै समुदायको साझा पर्व बन्दै लाखे नाच

सबै समुदायको साझा पर्व बन्दै लाखे नाच

दैलेख १८ भदाै
बिशेष गरि नेवार समुदायले मनाउँदै आएको लाखे नाच दैलेखमा भने सबै समुदायको साझा पर्वको रुपमा विकास हुन थालेको छ । नेवार समुदाय बाहेक अन्य समुदायले समेत पर्व मनाउन थालेपछि सबै समुदायको साझा पर्वको रुपमा विकास हुन थालेको हो । लाखे नाच संरक्षण गर्नका लागि दैलेखका नेवार समुदाय संगै अन्य समुदायले पर्वका रुपमा मनाउन थालेका हुन् ।

दुई सय बर्ष देखि संचालन हुँदै आएको लाखे नाच लोप हुन नदिन अन्य समुदायले नाचको शुरुवात गरेका हुन् । जिल्ला सदरमुकाम दैलेख बजार लगाएत ग्रामिण स्तरमा समेत लाखे नाचको बर्चश्व छाएको छ । लाखे नाच (बर्षे मेला) भगवान श्री कृष्णको जन्मलिलासँग सम्वन्धित मेला सोमवार दैलेखमा सम्पन्न भएको हो । गत श्रावण २४ गते गाँठेमंगल घण्टाकर्ण बाट सूरु भएको लाखे नाच एक महिने लामो बर्षे मेला सोमवार सम्पन्न भएको हो । आइतवार राती १२ बजे श्री कृष्णको जन्म गराई सोमवार कृष्णले लाखेको बध गरेपछि मेला सम्पन्न हुने गर्दछ ।

श्रीकृष्णले कंशलाई मारेको सम्झनामा यो लाखे नाच नाच्ने गरिन्छ । एक महिना सम्म नाचिने यो लाखे नाँचको श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट समापन गर्ने परम्परा रहेको छ ।दैलेख सदरमुकाम, दुल्लु, बेस्तडा, नौमूले, डुङ्गेश्वर लगायतका स्थानियका घर तथा बजारमा सो नाचको प्रर्दशन गरिन्छ । दैलेखको दुल्लु, सदरमुकाम दैलेख बजार संगै विभिन्न ग्रामिण भेगहरुमा एक महिना अघि देखि सुरु भएको लाखेनाच आज हर्षउल्लासका साथ समापन भएको हो ।
दैलेख सदरमुकाम परिक्रमा संगै स्थानीय टुडिखेल र छात्राबासमा विधिपूर्वक लाखेनाच समापन गरिएको हो ।

यहाँको लाखेनाच समापनको अन्तिम दिनलाई जात्राको रुपमा मनाउने प्रचलन रहेको छ । स्थानीयले बाजागाजाको साथमा बजार क्षेत्रका घर आँगनमा पुगेर नाच्दै रमाउने यस जात्राले आपसी सद्भाव र सहिष्णुता कायम गर्ने विश्वास रहेको छ । हरेक बर्ष कृष्णाजन्मष्टमीको भोलीपल्ट भव्य रुपमा समापन हुने लाखेजात्राले सबै समुदायको बीचमा आपसी सद्भाव कायम गर्न मद्दत पुग्ने जनविश्वास छ । लाखेजात्रा समापनको दिन यस रमाईलो उत्सव हेर्न सदरमुकाम दैलेख बजार, दुल्लु बजार र जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारणको घुँईचो लाग्ने गर्दछ ।

प्रतिक्रिया