नेपालमा एप्समार्फत डेटिङ गर्नेहरु बढे, हेर्नुस् यसको प्रभाव

नेपालमा एप्समार्फत डेटिङ गर्नेहरु बढे, हेर्नुस् यसको प्रभाव

काठमाडौं । पछिल्लो समय एप्समै डेटिङ गर्नेहरुको संख्या बढ्दै गएको छ । संसारभरका केहि एप्सहरु डेटिङका लागि यति चर्चित छन् की करोडौं मान्छेहरले त्यस्ता एप्सहरु प्रयोग गर्ने र भिजिटिङ गर्ने गरेका छन् ।

बिबिसीले राखेको एक तथ्याङ्कमा झण्डै पचास मिलियन अथार्त पाँच करोड भन्दा धेरै भिजितर्स् एउटै एप्स्मा एक पटकको समयमा सक्रिय रहेको देखियो । यस्ता एप्स्हरु पछिल्लो समय बढ्दै गएको छ । यस्तै बाडु नामको एप्समा झण्डै ४५ मिलियन अर्थात चार करोड पचास लाख मानिसहरु एकपटकमा एक्टिभ देखिए ।

यस्तै टनटनमा २० मिलियन, ह्यापनमा साढे ६ मिलियन तथा पीओएफ अनलाइन डेटिङमा ४ मिलियन भिजिटर्स एकै पटकमा देखिएका एपएनी एण्ड कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कमा देखिएको छ ।

त्यस्ता एपहरु भिजिट गर्नेहरु एकपटकमा कम्तिमा ३० मिनेट सम्म रहने गरेका छन् । यस्ता एप्स्मा भिजिट गरी डेटिङमै बस्नेहरुमा किसोरावस्थादेखि वृद्ध अवस्थासम्मका रहने गरेका छन् ।

पेशाका हिसाबले भने प्रोफेसरदेखि विभिन्न अफिसमा काम गर्नेहरु यस्तो डेटिङमा सक्रिय रहने गरेको देखियो । यो वर्ष सन् २०१८ को शुरुवातमा झण्डै दुई लाख आईफोन प्रयोगकर्ताहरु त्यस्ता कम्पनीबाट भिजिट गर्थे जसका कम्पनी पुरै घाटामा थियो ।

यस्ता एप प्रयोगकर्ताहरु अविवाहित मात्र हुँदैनन् । धेरै विवाहित समेतले एप्स् डेटिङ गरिररहेका हुन्छन् । एउटा चर्चित एप बम्बलका अनुसार उसका झण्डै ४० मिलियन अथार्त चार करोड प्रयोगकर्ताहरु विश्वभरबाट रहेका छन् । ती मध्य १५ हजार प्रयोगकर्ता विवाहित रहेको उसले दाबी गरेको छ ।

विश्व बजारमा त्यस्ता एप्स्हरु फस्टाइरहेका वेला नेपालमा पनि त्यस्ता केही एप्स्हरुले मार्केट लिइरहेका छन् । नेपालमा पनि एप्स्मा डेटिङ गर्नेहरुको संख्या बढ्दै गएको जानकारी नेपालमा बढ्दै गरेका त्यस्ता एप्स्बाट थाहा पाउन सकिन्छ । नेपालमा ‘नजिक’, ‘मिट नेपाली’ लगायतका डेटिङ एप्स्हरु चलिरहेका छन् ।

डेटिङ एप्स्का प्रभाव
विभिन्न किसिमको अपेक्षा गरेर प्रयोगकर्ताहरु डेटिङ एप्स्मा छिरेका हुन्छन् । आईफोनबाट प्रयोग गर्ने सन् २०१८ का शुरुवाती २ लाख प्रयोगकर्ताहरु मध्ये झण्डै ७७ प्रतिशत असन्तुष्ट नै देखिएको पाइयो । उनीहरु आफ्नो अपेक्षा अनुसार एप्स्मा नभेटिएको बताउँछन् । ३८ वर्षीय एक प्रयोगकर्ता भन्छिन्, “धेरै पुरुषहरु मलाई फोहर(नास्टी) म्यासेज गर्छन्, जुन मलाई मन पर्दैन ।” प्रयोकर्तामध्ये झण्डै २८ प्रतिशतले असहज महसुस गर्ने एक अध्ययनले देखायो । यसले गर्दा प्रयोगकर्तामा हैरानी महसुस हुने देखियो भने कतिपयमा त डिप्रेसन हुने सम्भावना समेत बढेको देखियो ।

प्रतिक्रिया