कु–संस्कारमाथि प्रहार गर्दै मनाइयो तिज

कु–संस्कारमाथि प्रहार गर्दै मनाइयो तिज

दैलेख भदाै २८ ।
यहाँको दुल्लु नगरपालिका ४ स्थित शान्ति बजारमा रहेका शान्ति श्रृजना आधारभुत विद्यालयमा महिला हिंसा र पुर्ण सरसफाई सम्बन्धि तिज गित प्रतियोगीताको आयोजना गरियो । हरितालिका तिजको अबसर पारि उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यो संगै ठाटीकाँध गाउँपालिकामा पनि बाल हिंसा र बाल विवाह न्यूनिकरण सम्बन्धि तिज विशेष कार्यक्रमको आयोजना गरिएको छ । गुरासँ गाउँपालिका वडा नं. ३ मा रहेको फुलबारी बाल क्लबले पनि बाल विवाह न्यूनिकरण सम्बन्धि विशेष सांस्कृतिक कार्यक्रमको आयोजना ग¥यो ।

त्यति मात्र नभई दुल्लु नगरपालिकाको स्थानीय रेडियो र शहिद पूर्ण स्मृति प्रतिष्ठानको सयुक्त आयोजनामा सामाजिक कुरिति र कुसंस्कार रोक्न तिज गित प्रतियोगिताको आयोजना गरिएको छ । कला र संस्कृतिले निकै धनी जिल्लाको रुपमा रहेको दैलेखमा यस बर्षको हरितालिका तिज सामाजिक रुपमा कुरिति र कुसंस्कारलाई प्रहार गर्दै मनाइएको छ । देशभर विभिन्न कार्यक्रम गरि मनाइएको तिज दैलेखमा भने कुरिति र कुसंस्कार विरुद्ध प्रहार गरि मनाइएको हो ।

यो महान पर्वका अबसरमा समाजमा बर्षौ देखि जरो गाडेर बसेको कुरिति र कुसंस्कारलाई न्यूनिकरण गर्ने अभियान अन्तरगत यस्ता कार्यक्रमहरु आयोजना गरिएको दैलेखकी महिला नेतृ सिता रानाले बताउनुभयो ।

दैलेखका विभिन्न स्थानमा यस बर्ष छाउपडी प्रर्था, वाल विवाह, महिला हिंसा, जातिय छुवाछुत, चेलीवेटी वेचविखनका विरुद्ध तीज प्रतियोगिता मार्फत स्थानीय महिलाहरु खरो रुपमा उत्रिएका छन् । महिलाहरुको महान चार्ड हरितालिका तिजको अबसरमा गरिएका हरेक कार्यक्रमहरुमा पुरुषहरुले पनि सहयोग गरेका छन् ।
महिला हिंसा, छाउपडी, जातिय विभेद न्यूनिकरण गर्न यस्ता कार्यक्रमहरुले सहयोग पु¥याउने ठाटीकाँध गाउँपालिका ३ का वडाअध्यक्ष नर्तम बुढाले बताउनुभयो । सामाजिक कुसंस्कार र कुरिति न्यूनिकरण गर्न जिल्लाभरका हरेक महिलाहरु एकसुत्रमा बाँधिनु जरुरी छ, उहाँले भन्नुभयो ।

जिल्ला बाल संजाल दैलेखका अध्यक्ष याम बहादुर वि.क.ले समाजमा रहेका कुरिति र कुसंस्कार न्युनिकरण नगरेसम्म समृद्ध समाजको कल्पना गर्न नसकिने भन्दै तीज मार्फत यस्ता अभियानहरु संचालन गरिएको बताउनुभयो ।
जिल्लाका विभिन्न शिव मन्दिर तथा खुलामञ्चमा भेला भएका महिलाहरुले गीत मार्फत सामाजिक कुरिति र कुसंस्कार रोक्न चेतनामुलक गीतहरु गाए र नाचगानमा रमाए । महिलाहरुले विकृति र विसंगती विरुच चोटिलो प्रहार गरेका छन् । तिज मनाउन भेला भएका महिलाहरुले पहिले जस्तो सासु बुहारी, नन्द भाउजु, देउरानी जेठानी विचको झै झगडालाई छाडेर सामाजिक विकृति, विसंगती तथा कुसंस्कार र कुरिति विरुद्ध प्रहार संगै चेतना जगाउदै तीज मनाएका हुन् ।

प्रतिक्रिया