निर्मला हत्या प्रकरण : सीआईबीका डीएसपीसहित चार प्रहरी निलम्बनमा

निर्मला हत्या प्रकरण : सीआईबीका डीएसपीसहित चार प्रहरी निलम्बनमा

 -ज्वाला संदेश-

ललितपुर । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको जिम्मेवारीपूर्वक अनुसन्धानमा नगरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसीसहित चार प्रहरी निलम्बनमा परेका छन् ।

घटनाको छानविन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रारम्भीक प्रतिवेदन बुझाएको छ ।
सो प्रतिवेदनमा बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्वक गर्न नसकेका सुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ । प्रतिवेदनका आधारमा डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्न गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि घटनाको विषयलाई लिएर कञ्चनपुरका एसपी डिल्लीराज विष्ट निलम्बनमा परेका थिए । प्रतिवेदनले केही औल्याएका संदिग्ध व्यक्तिहरुलाई छानविनको दायरामा ल्याई अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको छ । यस अपराधिक घटनामा जो कोही संलग्न भएपनि कानूनी दायरामा ल्याई कारबाही गर्न मन्त्रालय प्रतिवद्ध छ ।’ महिला खबर

विज्ञप्ति हेर्नुहोस्

प्रतिक्रिया