संविधान दिवस

संविधान दिवस

कर्णाली प्रदेशका साँसद अम्मरबहादुर थापाले संविधान मौलिक अधिकार, संवैधानिक सर्वोच्चता र सार्वभौमसत्ता सम्पूर्णरुपमा उत्कृष्ठ रहेको बताउनुभयो । संविधान दिवस मूल समारोह समितिले दैलेखमा आयोजना गरेको विचार विमर्श कार्यक्रममा संविधानसभाबाट संविधान बनाउन आफूले प्रभावकारी उपस्थिति जनाएको स्मरण गराउनुभयो ।
त्यस बखत नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले संविधानको उत्कृष्ठता प्रयोगकर्ताको भूमिकामा निर्भर हुने बताउनुभयो । कार्यत्र mममा दैलेखका प्रमख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले २०७२ मा निर्माण भएको संविधान मानवअधिकार, सुशासन र समावेशीकरणका हिसावले महत्वपूर्ण रहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्य क्रममा सबै राजनीतिक दलहरुका तर्फबाट बोल्दै राप्रपाका जिल्ला अध्यक्ष भक्तबहादुर शाहीले दुईतिहाई बहुमतको बर्तमान सरकारले जनहितमा काम गर्न नसकेको बलात्कार, हिंसा र भ्रष्टाचार रोक्न नसकेको भन्दै आलोचना गर्नुभयो ।
त्यसबखत बुद्धिचाल संघ दैलेखको आयोजनामा भएको अन्तरप्रदेश स्तरको बुद्धिचाल प्रतियोगिताका विजयीहरुलाई पुरस्कार र प्रमाणपत्र दिइएको थियो । त्यसअघि प्लेकार्ड सहितको ¥यालीले नगरपरिक्रमा गरी सभामा परिणत भएको थियो ।

प्रतिक्रिया