नातिनीलाई करणी गर्ने हजुरबुबा प्रक्राउ

नातिनीलाई करणी गर्ने हजुरबुबा प्रक्राउ

–ज्वाला संदेश–
दाङ असोज १५
नातिनीलाई करणी गरेको आरोपमा दाङमा ६८ वर्षिय हजुरबुवा पक्राउ परेका छन् ।

जिल्लाको लमहीमा १२ वर्षिया नातिनीलाई करणी गरेको अभियोगमा हजुरबुवा पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हुजुर बुवालाई पक्राउ गरेको जनाएको छ । आइतबार दिउँसो घटना भएको हो । हामीलाई जानकारी आयो । बालिकाको स्वास्थ्य परीक्षण भएको छ । सोमबार अदालतमा करणी मुद्दा दर्ता गरेर कारवाही प्रकृया अघि बढाइने इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

करणी अभियोगमा बालिकाको कान्छो हजुरबुवा पक्राउ परेका हुन् । ललाई फकाई पहिले देखिनै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया