कविता–बलत्कारी !

कविता–बलत्कारी !

                    सजना सुनार, सुर्खेत ।

आमा !

तिमीले दिएको साहसले म अन्तिमसम्म लडे
जित राक्षसकै भयो अनी म भित्रै देखि गले

म र मेरो स्वामित्वको शरिरमा कसैले चोक्टा चोक्टा पारी लुछिरहदाँ
केहि गर्न सकिन, न गुहार माग्न न त चिच्याई चिच्याई रुन

चिच्याउदाँ मुख थुन्यो, भाग्दा पछाडीबाट झम्ट्यो
अनी धकेल्दा हातै बाधिदियो
के आमा म त्यति कमजोर थिय ?
जो आफ्नै शरिर लुटिदाँ आफै हेरिरहे

भगवान साक्षी छ ! त्यो मेरो मर्जि थिएन
अलाप विलाप गरि गरेको बिन्ति पनि त्यो पापीले सुनेन्

अस्ती दिदि लुटिइन्, हिजो बृद्ध आमा, आज म लुटियँ
भोली नाबालिका बहिनी लुटिनेछिन्
बलात्कारको गिद्धे बजेर आँखिर कहिले सम्म आमा ?

मलाई अझै सम्म याद छ, तिमीले भनेको
छोरी ! छोरी हुनु त हारेको जुनि हो
तर आमा म कहिले हारे ?
मलाई त जित्न दिदैनन् पुरुषबाद समाजले ।

लाज, घिन र सरम त त्यो बलत्कारीलाई हुनुपर्ने होइन र ?
चार भित्तामा बन्द भई लाजले गल्र्याम्म लुक्नुपर्र्ने
म नै किन आमा ?

मैले लगाएको पहिरन र चरित्रको फल भोगी भन्नेहरुलाई
मात्र एउटा पश्न गर्न चाहान्छु,
के बृद्ध आमाले छोटो भोटो लगाएकी थिइन् ?
गोलीगाँठा ढाक्ने गरि कुर्ता सुरुवाल लगाएकी निर्मलाले
आधा अंग देखाएकी थिइन्

आमा !
प्रहरी प्रशासन र कानुनलाई
बलत्कारी को हो भनी छुट्याउनै गाह्रो भएको भए,
मेरो संदेश त्यहाँ सम्म जसरीनी पु¥याई दिनुहै

कक्षा कोठामा स्वाबासीको नाउँमा
किशोरी छात्राको पिठ्यु मोल्ने शिक्षक, बलत्कारी हो ।

आफ्नी श्रीमतीको इच्छा विपरित हरेक रात रक्सीमा मातेर
पिडादायी यौन सम्बन्ध राख्ने श्रीमान बलत्कारी हो ।

पेटिकोटमा लछप्प रुझेर पधेरोमा नुहाउदै गरेकी युवतीलाई
झ्याङबाट ¥याल चुहाउदै लुकिलुकि चिहाउने गद्धार बलत्कारी हो ।

अबोध बच्चीलाई चक्लेटमा फकाउदै
आफ्नै यौनांग सुम्सुम्याउन लगाउने भ्रष्ट बलत्कारी हो ।

जब सुन्दर युवती सारीमा सजिन्छे
तब सबैको गिद्धे नजर उसको कम्मरको गोलाई र छातीको उचाई नाप्ने गर्छन्
ति नजर बलत्कारी हुन् ।

सुन्दैछु मलाई मार्ने हत्यारा आज खुल्ला साँढे झै हिड्दै छरे ।
आँखिर मात्र भगवानको पावर चल्ने अब कहिले आमा ।

मेरो आँसु
मेरो चिच्याहट
झिया झिया गरि च्यातिएको मेरो शरिरको कपडा
रंगीविरंगी हातले लुछिएको मेरो पार्थीव शरिरले
मात्र न्याय खोजिरहेको छ
आमा !
मात्र न्याय खोजिरहेको छ ।

प्रतिक्रिया