आँसु पिएर (कविता)

आँसु पिएर (कविता)

गाडी चढौँ भाडा बढ्यो, बढ्यो खाने तेल
जनता दिनहुँ महंगीमा गरिब माथीकै खेल ।।
गल्ती गरे गरिबले मत दिएर
बाँचिरहेछन् गरिबहरु आँसु पिएर ।।

बिरामीको औषधी बढ्यो, बिमार झनै बढ्यो
जेमानी महंगी सुन्दा घाउको खिल झै गढ्यो ।।
गल्ती गरे बिमारीले मत दिएर
बाँचिरहेछन् बिमारीहरु आँसु पिएर ।।

नुन बढ्यो, साबुन बढ्यो, बढ्यो चिया नास्ता
कोही सरकारले नी गरेनन् गरिबको वास्ता ।।
गल्ती गरे गरिबले मत दिएर
बाँचिरहेछन् गरिबहरु आँसु पिएर ।।

दाल बढ्यो, चिनी बढ्यो, बढ्यो माछामासु
कोही पनि पुछ्ने छैनन् अपाङ्गक आँसु ।।
गल्ती गरे अपाङ्गले मत दिएर
बाँचिरहेछन् अपाङ्गहरु आँसु पिएर ।।

ग्यास बढ्यो, कपडा बढ्यो, बढ्यो पानी बत्ति
बढ्ने मुल्य सबैमा बढ्यो रहेन केहीमा कत्ति ।।
गल्ती गरे किसानले मत दिएर
बाँचिरहेछन् किसानहरु आँसु पिएर ।।

कर्मचारीको तलब बढ्यो, पेन्सनरको पेन्सन
बेरोजगारीलाई चुल्हो बाल्न हुन थाल्यो टेन्सन ।।
गल्ती गरे बेरोजगारीले मत दिएर
बाँचिरहेछन् बेरोजगारी आँसु पिएर ।।

नेताजीको भोट बढ्यो दुःखीहरुले दिँदा
अहिले अब बुझ्ने कोही नाँई आँसु धारा पिँदा ।।
गल्ती गरे दिन दुःखीले मत दिएर
बाँचिरहेछन् दिन दुःखी आँसु पिएर ।।

चुरा बढ्यो, डोरी बढ्यो, बढ्यो चप्पल जुत्ता
नबनाउँनोस् है गरिबहरुलाई सडकको कुत्ता ।।
गल्ती गरे दिदिवहिनीले मत दिएर
बाँचिरहेछन् दिदिवहिनी महंगी पिएर ।।

विद्यार्थीको कापी बढ्यो, बढ्यो डट्पेन पनि
पढ्न लेख्न धौ भईरहेछ, विद्यार्थीलाई अनी ।।
गल्ती गरे विद्यार्थीले मत दिएर
पढिरहेछन् विद्यार्थीहरु आँसु पिएर ।।

युवाहरु महंगीले गर्दा पसे मलेसिया
सम्झिँदा सबै कुरा हजुर मनै छिया छिया ।।
गल्ती गरे युवाहरुले मत दिएर
विदेशीय युवाहरु आँसु पिएर ।।

उमेर बढ्यो, बाल बढ्यो, बढ्यो कट्ठै ऋण
कुन सरकारले कस्तो ग¥यो मतदाताले चिन ।।
के ले लाउने हो, के ले खाने हो ?
विश्व बैंकको ऋणि भई कहाँ जाने हो ?

राष्ट्रपति राजधानीमा दुःखी सडक मूनि
दिन दुःखी भोग्ने होला जुनी–जुनी ।।
हेर्ने पटक्कै कोही छैनन् गरिबहरुलाई
कविताबाट बिदा लिन्छु बाई बाई सबैलाई ।।

लेखक रामप्रसाद न्यौपाने, डुङ्गेश्वर गाउँपालिका–५ दैलेखका किसान हुन् ।

प्रतिक्रिया