कबिता : मैले कर्णालीमा गरीबी देखिन !
![कबिता : मैले कर्णालीमा गरीबी देखिन !](https://snowberry.prixacdn.net/media/gallery_folder/Dr-naworak-kc_Pqs44rR4Kx_6x9ajl9mlyeqtnwt3gep4blx4tuneyej5p75je3lrfc0xfsz8tpnvt6llbqh.jpg)
डा. नवराज केसी
बिराममा पनि आराम नगर्ने मेहिनेती किसानहरु देखें
भोक भोकै भेडा चराउदै गरेका गोठालाहरु देखें
देखें सडक बनाउदै गरेका नाङा शरीरहरु पनि !!
यि सबै केही न केही फलाई रहेका थिए
केही न केही जोडी रहेका थिए
तेसैले होला,
अँह मैले कर्णालीका कुना कुनामा कही कतै गरीबी देखिन।
गरीबी त बरु शहरका ठुला मन्त्रालयहरुमा थियो
जहाँ दस बिस प्रतिसत कमिसन खाने मानबहरुको
मन र मानबताको गरिवी गेट बाहिरैसम्म प्रस्ट देखिन्थ्यो !!
(कर्णालीको गुठीचौर, भेडा चराउदै गरेका गोठालालाई देखेर फुरेको एउटा कबिता)
प्रतिक्रिया