बालेनको कविता : एकदिन मर्नुपर्छ, कसैलाई याद हुँदैन

बालेनको कविता : एकदिन मर्नुपर्छ, कसैलाई याद हुँदैन

काठमाडौं-   काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कविता लेख्नुभएको छ हो।
उहाँले शनिबार सामाजिक सञ्जालमा कविता लेख्नुभएको  हो।

यस्तो छ उहाँको कविता–

हामी मनुष्यलाई एकदिन मर्नुपर्छ,
कसैलाई याद हुँदैन,
दैनिक याद हुनु राम्रो कुरा पनि हैन
तर बिर्सिनु पनि त सही छैन

एकदिन यो पाऊले धर्ती टेक्दैन,
एकदिन यो शरीरले हुरी छेक्दैन,
एकदिन यो आँखाले संसार देख्दैन,
एकदिन हातले मनको कुरा लेख्दैन,
इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन,
एकदिन,
हामी जति बिकाऊ भए पनि,
आत्माले आफू बेच्दैन।।

प्रतिक्रिया