आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ

आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ

दैलेख कात्तिक ५ ।
मदिराको झोकमा आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नौमूले गाउँपालिका वडा नं. ४ का ५१ बर्षिया शेर बहादुर पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार कात्तिक २ गते राती शेर बहादुर पुनले आफ्नै श्रीमती ५३ बर्र्षिया शान्ति पुनको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार दशैको टिकाको दिन विहानै देखि श्रीमान श्रीमती दुवैले मदिरा सेवन गरेको र छिमेकीको घरमा गएर मदिरा सेवन गरि साँझ घर फर्कने क्रममा विच बाटोमै झगडा भएको पक्राउ परेका शेर बहादुर पुनले बताएका छन् । प्रहरी नायव उपरिक्षक पोखरेलका अनुसार दुवैजना छिमेकीको घरबाट आफ्नो घर फर्कने क्रममा विचबाटोमा झगडा हुँदा ढुंगाले हानेर श्रीमतीको हत्या गरेको पक्राउ परेका शेरबहादुरले स्वीकारेका छन् ।

छिमेकीको घरमा श्रीमान श्रीमती र छोरा संगै गएको र साँझ परेपछि छोरालाई छिमेकीको घरमा सुताएर आफुहरु घर फिर्ता हुने क्रममा झगडा भएको पक्राउ परेका शेर बहादुर पुनले बताएका छन् । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको दैलेखका प्रहरी नायव उपरिक्षक ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया