प्राविधिक शिक्षा संचालनाका लागि महोत्सब

प्राविधिक शिक्षा संचालनाका लागि महोत्सब

दैलेख कात्तिक ७ ।
डुङ्गेश्वर गाउँपालिका–४ मा रहेको सिता माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा संचालन, स्मार्ट विद्यालय निर्माणकालागि डुङ्गेश्वरपराजुल शैक्षिक तथा धार्मीक महोत्सब बुधवार देखि सुरु भएको छ । महोत्सब कर्णाली प्रदेशका प्रमुख दुर्गा केशर खनालले उद्घाटन गरेका छन् । महोत्सब उद्घाटन समारोहमा बोल्दै कर्णाली प्रदेशका प्रमुख दुर्गा केशर खनालले कर्णाली प्रदेश धार्मीक, साँस्कृति तथा पुरातात्विक सम्पदाले भरिपूर्ण रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशको दैलेख जिल्ला प्राकृतिक दृष्टिकोणले प्रचुर सम्भावना रहेको बताउदै प्रदेश प्रमुख खनालले यहाँ रहेका धार्मीक, साँस्कृति तथा पुरातात्विक सम्पदाहरुको विश्वसामु प्रचार प्रसार गर्न सके कर्णाली विकासमा पछि नपर्ने धारणा राख्नुभयो । उहाँले दैलेखमा रहेका सम्पदाहरु खुला विश्वविद्यालय भएको बताउनुभयो ।
दैलेख पर्यटयिक दृष्टिकोणले रुरुक्षेत्र र काठमाण्डौ पछिको तेस्रो जिल्ला हो, प्रदेश प्रमुख खनालले भन्नुभयो ‘कर्णालीको विकासका लागि पर्यटन, जडिबुटी, खनिज र जलस्रोतको उपयोग गर्न सक्नुपर्छ ।’ अर्को प्रसंगमा प्रदेश प्रमुख खनालले भन्नुभयो ‘कर्णाली प्रदेशको साक्षरता प्रतिशत अन्य प्रदेशहरुको तुलनामा कम छ, साक्षरतामा पछि पर्नुले पनि कर्णाली विकासमा पछि परेको हो ।’
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्ले गाउँपालिकाले प्राविधिक शिक्षामा विशेष जोड दिएको बताउनुभयो । उहाँले स्मार्ट विद्यालय बनाउन र प्राविधिक शिक्षा संचालनका लागि गाउँपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।
महोत्सब आयोजक समितिका संयोजक नरसिंह मल्लले नारायण नगरपालिकामा रहेको दुई रोपनी भन्दा बढी जग्गा विद्यालयको नाममा दान गर्नुभएको महोत्सबका प्रचार–प्रसार संयोजक दशरथ लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सब आगामी १४ गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया