सरकारले छान्यो १०० नयाँ पर्यटकीय गन्तब्य, दैलेखका ५ गन्तब्यलाई प्रवद्र्धन गरिने

सरकारले छान्यो १०० नयाँ पर्यटकीय गन्तब्य, दैलेखका ५ गन्तब्यलाई प्रवद्र्धन गरिने

दैलेख कात्तिक १५ ।
नेपाल सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तह तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवद्र्धनन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।

पर्यटन प्रर्बद्धन तथा विकासका लागि सरकारले पहिचान पहिचान गरेका नयाँ गन्तव्र्यहरुमध्ये दैलेखका ५ वटा समेटेको छ । नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यहरुमा कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, महाबु पर्यटकिय विकास र नारायण नगरपालिका परेको छ । यस्तै स्थापीत तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्यको रुपमा दैलेखको पञ्चकोशी धार्मीक पर्यटन विकास (पञ्चकोशी ज्वाला क्षेत्र) लाई छनौट गरेको छ ।
दैलेख संगै सुर्खेतका काक्रेविहार देउतीबज्यै (विरेन्द्रनगरनगरपालिका) स्थापीत भएपनि प्रबद्र्धन गर्नुपर्ने गन्तव्यको रुपमा राखिएको छ भने नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यहरुमा जाजुरा दह (पञ्चपुरी नगरपालिका ८ र ९) गुमी ताल, मादले गुफा, शिव गुफा लगाएतलाई छनौट गरिएको हो ।
मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ ।

‘नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रबद्र्धन योजना बनाइएको छ । यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रबद्र्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो । पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवा सुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरिएको हो ।

प्रतिक्रिया