हाम्रो सस्कृती,हाम्रो परम्परा,हाम्रो पहिचान,धर्म र रितीरिवाज वचाउदै देउलीका युवा

हाम्रो सस्कृती,हाम्रो परम्परा,हाम्रो पहिचान,धर्म र रितीरिवाज वचाउदै देउलीका युवा

सल्यानको बन्गाड कुपिण्डे नगरपालीका,४ देउलीका युवायुवतीहरु पुरानो संस्कारलाई निरन्तरता दिईरहेका छन् । पुरानाबाट नयाँ पुस्तामा पुरानो संस्कार सस्कृति जर्गेना गर्ने नगरको यो पहिलो गाउँ वनेको छ ।

तिहारको समयमा धेरै युवा युवतीले नयाँ पद्धतीमा नाच गान गरेर देउसी भैलो खेले भने यहाँका युवाहरुले मयुर नाच,बन्गाडी टप्पा र सिंगारुलाई प्राथामिकतामा पारे । मौलिक रुपमा उनिहरुले घरघरमा पुगेरे मयुर नाच र सिगारु नाचेर पुरानो सस्कृतिको वचाउ गरेका छन् । सल्यानको देउली र गर्चेका पुराना पिढिंले नयाँ पुस्तालाई आफ्नो संस्कार रितीरिवाजका वारेलाई अझै जोगाउने प्रयास गरेका छन् । नयाँ पिढिका युवायुवतीहरु भने पुरानो नाचगान रितीतिथीलाई जोगाई राख्ने र निरन्तरता दिने वताउँदै आएका छन् । सल्यानका विभिन्न गाउँ वस्ती वजार क्षेत्र हुदै बाँके,वर्दिया,सुर्खेत र दाङ्ग समेत पुगेर उनिहरु बन्गाडी टप्पा,सिंगारु, मयुर नाच नाचेर देखाउने गरेका छन् ।

प्रतिक्रिया