सोसेकको बार्षिक लेखाजोखा कार्यशाला गोष्ठि

सोसेकको बार्षिक लेखाजोखा कार्यशाला गोष्ठि


दैलेख, मंङ्सिर ३ ।
दैलेखको क्रियाशिल संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको बार्षिक लेखाजोखा कार्यशाला गोष्ठि दैलेख सदरमुकाममा सुरु भएको छ । महिला, दलित, जनजाति, बालबालिका र पिछडा वर्गका समस्यहरुको समाधानका लागि सहजीकरण तथा सामाजिक परिचालनको माध्यमबाट राज्यका निकायहरुमा वकालत तथा पैरवी गर्दै आएको सोसेक नेपाल दैलेखले संस्था विकासको सिद्धान्त र प्रयासबारे जानकारी दिने उदेश्यले कार्यशाला गोष्ठि आयोजना गरिएको हो ।

संस्था विश्लेषणको विधिबाट संस्थाको सबल र सुधार गर्नुपर्न पक्षहरु पत्ता लगाउने, संस्था विश्लेषणको विधि, प्रक्रिया, चरण र महत्वबारे जानकारी दिने कार्यशाला गोष्ठिको उदेश्य रहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिनुभयो । संस्थाले हरेक बर्ष बार्षिक लेखाजोखा कार्यशाला गोष्ठिको आयोजना गर्दै आएको उपकार्यकारी निर्देशक श्रेष्ठको भनाई छ ।
बार्षिक लेखाजोखा कार्यशाला गोष्ठिको उद्घाटन कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले काम गर्ने पुरानै शैलीलाई छोड्दै जानुपर्ने धारणा राख्नुभयो । उहाँले संस्थाको शुन्यसहनशिलतालाई ख्याल गर्न संस्थाका कार्यसमिति र कार्यरत कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।
दुई दिन सम्म संचालन हुने कार्यशाला गोष्ठिको निर्मल भण्डारीले सहजिकरण गर्ने सोसेक नेपाल दैलेखले जनाएको छ । बार्षिक लेखाजोखा कार्यशाला गोष्ठिमा संस्थाको कार्यसमितिका पदाधिकारीहरु, विभिन्न परियोजना÷कार्यक्रममा कार्यरत कर्मचारी, संस्थाका सल्लाहकार समिति लगाएतको सहभागिता रहेको छ ।

दैलेख जिल्लासंगै अछाम र कालिकोट जिल्लाका महिला, दलित र विपन्नको हक हितका लागि जिल्लामा क्रियाशिल संस्थाको रुपमा स्थापित सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले जिल्ला स्थित स्थानीय तह र विषयगत कार्यालयहरुसँगको समन्वय र सहकार्यमा विभिन्न दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोगमा विकासका क्रियाकलाप संचालन गर्दै आएको छ ।

प्रतिक्रिया