बाल अधिकारबारे छलफल गर्दै जनप्रतिनीधि

बाल अधिकारबारे छलफल गर्दै जनप्रतिनीधि


दैलेख मंसिर ६ ।
दैलेखका ११ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरु बाल अधिकारबारे छलफल गर्न दैलेख सदरमुकाममा भेला भएका छन् । बाल अधिकार बाल विवाह र छाउपडी प्रथा सम्बन्धि आयोजना गरिएको तालिममा जनप्रतिनीधिहरुले बाल अधिकारबारे छलफल गर्ने बताइएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजना, जिल्ला समन्वय समिति दैलेखको समन्वय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, केन्द्रिय बाल कल्याण समिति टि .डी. एच. जर्मनी एईआईएन लक्जेम्वर्गको आर्थीक सहयोगमा आयोजित उक्त तालिममा ७ गाउँपालिका र ४ नगरपालिकाका प्रमुख उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुले जिल्लामा बालबालिकाले भोगेका समस्या र समाधानको उपाएबारे छलफल गर्नेछन् ।
यस्तै स्थानीय तहका जनप्रतिनीहिरुलाई बालबालिकामा किन लगानी भन्नेबारे जानकारी गराइनेछ । यसैगरि स्थानीय तहमा बालबालिकाले गरेका राम्रा अभ्यासहरुबारे छलफल गरिनेछ भने बालबालिकाको तथ्यांकबारे छलफल हुनेछ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका निवर्तमान अध्यक्ष मञ्जु खड्का अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापा, उपप्रमुख लक्ष्मीदेवी शाह सहभागि थिए । ११ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहभाागि उक्त तालिमको सहजिकरण युवराज घिमिरेले गर्ने आयोजक संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले जनाएको छ ।

प्रतिक्रिया