१६ दिने महिला हिंसा बिरुद्धको अभियान तयारी

१६ दिने महिला हिंसा बिरुद्धको अभियान तयारी


दैलेख, मंसिर ८ –
आइतवारदेखि सुरु हुने १६ दिने महिला हिंसा विरुद्धको अभियानलाई दैलेखका ११ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी भएको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको अध्यक्षता शनिवार दैलेखमा भएको बैठकले सो निर्णय गरेको हो ।

प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्के, जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेबी शाह, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा, नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत लगायत सरकारी र गैरसरकारी निकायमा प्रतिनिधिहरुको उपस्थितिमा सो निर्णय भएको हो ।
बैठकले भोलि विहान ८ बजे गणेशचोकबाट प्रभातफेरी सुरु भई नगर परिक्रमा गर्ने, साँझ दीप प्रज्वलन गर्ने, त्यसैगरी भोलि मंसिर ९ गते अर्थात नोभेम्वर २५ तारिकदेखि मंसिर २४ गते १० डिसेम्वर अन्तरराष्टिय मानवअधिकार दिवसको १६ दिनसम्म हरेक दिन विभिन्न कार्यक्रम गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

कार्यक्रम अन्तरगत महिला हिंसा रोकथामका लागि सडक नाटक, पर्चा–पम्प्लेटिङ्ग, अन्तरक्रिया, ¥याली, जनसभा लगायतका जनचेतना अभिबृद्धि कार्यक्रम गर्ने निर्णय भएको निमित्त जिल्ला समन्वय अधिकारी पदम सापकोटाले जानकारी दिए । त्यसैगरी आइतवार विहान ७ बजे दैलेखका ३ वटै रेडियोबाट परिसम्वाद कार्यक्रम प्रसारण गर्ने पनि कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया