‘दश बर्ष भित्र बालश्रम शुन्य हुन्छ’

‘दश बर्ष भित्र बालश्रम शुन्य हुन्छ’

ज्वाला संदेश
दैलेख, १४ मङ्सिर ।
प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्केले आगामी दश बर्ष भित्र नेपालमा बाल श्रमीक शुन्य पारिने बताउनुभएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्धारा शुक्रवार यहाँ आयोजित बालश्रम विरुद्धको अभियान अन्तरगर्त एक दिने अभिमुखिकरण कार्यक्रममा उहाँले आगामी दश बर्ष भित्र नेपाललाई बाल श्रम मुक्त बनाउन सरकारले बनाएको कार्ययोजनालाई कार्यान्वयन प्रक्रियामा जोड दिने तर्फ केन्द्रित हुन सरकारी तथा गैरसरकारी निकायलाई सुझाव समेत दिनुभयो । प्रतिनीधि सभा सदस्य विशुन्केले बाल श्रम मुक्त गराउन कानुन कार्यान्वयनमा जोड दिनुभयो । उहाँले यहाँका धेरै जसो बालबालिकाका अभिभावकसंगै मौसमी रोजगारीका लागि भारत जाने प्रचलन बढ्दै गएको भन्दै त्यस्तो प्रक्रियालाई रोक्न आवश्यक रहेको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाका प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले बाल श्रम मुक्त गर्ने अभियानमा तीनै तहका सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । बाल श्रमिक राखेर कानुन उल्लंघन गर्ने जो कोहीलाई कार्बाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले बालबालिका माथी हुने अन्याय र अत्याचारलाई न्यूनिकरण गरी समृद्ध गाउँ नगर बनाउने अभिभारा स्थानीय सरकारले रहेको बताउनुभयो । उहाँले स्थानीय सरकार, गैरसरकारी संघ संस्थाले बाल श्रम मुक्त बनाउन चालेको कदमले अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकिएको स्विकार गर्नुभयो । दैलेख जिल्लामा बाल श्रम मुक्त गर्न स्थानीय गैरसरकारी संस्थाहरु चालेको कदममा स्थानीय सरकारले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले श्रमिक बालबालिकालाई पुर्नस्थापना गर्न र श्रमिक बालबालिकाको अभिभावकलाई आर्थीक उपार्जनका कार्यक्रम संचालन गर्ने योजना नारायण नगरपालिकाले लिएको जानकारी गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले दैलेखको तल्लो डुङ्गेश्वरमा रहेका बादी समुदायका बालबालिकाको अवस्थाबारे जानकारी गराउनुहुँदै मुलुकका अन्य स्थानमा जस्तै दैलेखमा पनि बालश्रमकोे समस्या रहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति डम्बर बहादुर रोकायले कर्णाली प्रदेशमा बाल श्रमको अवस्थामा बारे जानकारी गराउनुभएको थियो । सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत पवित्रा पुरीले संचालन गर्नुभएको कार्यक्रममा जिल्ला स्थित बालबालिकाको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनीधि सहभागि थिए ।

प्रतिक्रिया