सहकारीको माध्यमबाट मात्र समाजवादमा पुग्न सकिन्छः मन्त्री केसी

सहकारीको माध्यमबाट मात्र समाजवादमा पुग्न सकिन्छः मन्त्री केसी


दैलख, गुराँसे १७ ।
कर्णाली प्रदेश सरकारको कृषि भुमी सुधार तथा सहकारी मन्त्री विमला केसीले सहकारीताको माध्यमबाट मात्र समाजवादमा पुग्न सकिने बताउनुभएको छ ।
आइतबार गुराँस गाउँपालिका ४ मा रहेको लालिगुराँस बहुमुखी सहकारी संस्थाको २४ औँ साधरणसभामा बोल्दै मन्त्री केसीले यस्तो बताउनुभएको हो ।
विकासको एक खम्बाको रुपमा रहेको सहकारीको माध्यमबाट सानो पुँजीलाई परिचालन गर्दै विकासका नयाँ आयामहरु सृजना गर्न सकिने भन्दै उहाले सानो पुँजीलाई परिचालन गरी व्यवसायिकता उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।
सहकारीले अब साना–साना योजना नभई परिणाम दिने खालका काम गर्नुपर्नेमा जोड दिदै उहाले कर्णाली प्रदेशले केहि दिनमै सहकारी ऐन पास गर्ने बताउनुभयो ।
उहाले गुराँस गाउँपालिकाको गुराँसेमा सहकारीले नै रिसोर्ट संचालन गर्न आवश्यक रहेको भन्दै यसको लागि स्थानीय सरकार र प्रदेश सरकार मिलेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।उहाले रिसोर्ट संचालन गर्न सके गुराँस गाउँपालिकासहित प्रदेश पनि समृद्ध हुने बताउदै भन्नुभयो, ‘गुराँसेमा चिसो हावापानी छ, यहाँको एउटा सहकारीले रिसोर्ट संचालन गर्न सक्नुपर्दछ, अनि पाहुनालाई खुशी बनाउन लोकल कुखुरा, आग्रनिक तरकारी खुवाउन सके पर्यटकको ओहिरो लाग्छ । अनि हामी समृद्धि खोज्न टाढा जानुपर्दैन् ।’
उहाले प्रदेश सरकारका बैठकहरु बसाल्न सकिनेगरी रिसोर्ट संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।अर्को प्रसंङ्गमा उहाले आफ्नो मन्त्रालयले केन्द्रिकृत वजेट बनाएको भन्दै कार्यान्वयन गर्न स्थानीय र प्रदेश सरकारले समन्वय गर्नुपर्ने बताउनुभयो ।उहाले कमिसन र भ्रष्टाचारले मात्र जीवन चलाउने परिपाटी अन्त्य गरिनुपर्ने भन्दै नेताले पनि अब व्यवसायिक भएर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै दैलेख क्षेत्र नम्बर १ ९क० का प्रदेश सभा सदस्य धर्मराज रेग्मीले विकास र समृद्धिका लागी सामुहिकताको भावना सृजना हुनुपर्ने भन्दै त्यसको लागि सहकारीको माध्यमबाट अगाडी बढ्नुपर्ने धाराणा राख्नुभयो ।
उहाले विगतमा सरकारभन्दा अन्य क्षेत्र बलियो भएको भन्दै त्यसले विकासमा स्थिरता नभएको बताउनुभयो । उहाले अब सरकारलाई बलियो बनाउन लाग्नुपर्ने भन्दै त्यसको लागि सानो सानो पुँजी परिचालन गरी ठुलो लगानीको आवश्यकता रहेको बताउनुभयो ।अहिले तिनवटा सरकारलाई प्रतिस्पर्धीको रुपमा बुझ्ने गरिएको भन्दै तिनवटै सरकारको समन्वयमा विकासका काम अगाडी बढ्ने बताउनुभयो । उहाले दैलेख जिल्लालाई हेर्न लायक बनाउन आफुहरु अग्रसर भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराजा ओलीले आफुहरुले गाउँपालिकामा रहेका सहरकारीह मार्फत जीवन सुरक्षा कोष संचालन गर्न लागेको भन्दै सहकारी मार्फत विकासका काम गर्नेगरी योजना तयार गरिएको बताउनुभयो ।उहाले सहरकारीहरुले उद्यमी तयार गर्नुपर्ने विगतदेखि नै आफुले भन्दै आएको र गाउँपालिकाले त्यही अनुसारका योजनाहरु पास गरिएको बताए ।गाउँपालिकाले व्यवसायिक र उद्यमी तयार गर्ने सहरकारीहरुसँग साझेदारी गर्न लागेको समेत उल्लेख ओलीले गर्नुभयो ।
कार्यक्रममा गुराँस गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हिम बहादुर ओली, जिल्ला सहरकारी संघ दैलेखका अध्यक्ष तेज बहादुर थापा, शिक्षक मिनराज भट्टराई वडा सदस्य पशुपति शर्माले लागयतले सहरकारीका विषयमा आफ्नो धाराणा राखेका थिए ।
साधरणसभामाको अवसरमा लालिगुराँस सहकारी संस्थाले तिनजा सेयर सदस्यलाई सम्मान समेत गरेको छ । जसमध्य असल किसानको रुपमा पूर्ण बहादुर विक र नन्दकली देवकोटा रहेका छन् भने जेष्ठ नागरिकको रुपमा धनसरी आचार्य हुनुहुन्छ ।
सहरकारीले आर्थिक बर्ष २०७४÷०७५ मा १ करोड ५९ लाख ९३ हजार ८ सयको कारोबार गरेको छ । सहकारीका अध्यक्ष कृष्ण बहादुर पाण्डेले सहरकारीलाई गाउँपालिका स्तरको बनाउन लागिएको योजना सुनाउनुभयो ।

प्रतिक्रिया