सचेतना फैलाउँदै ‘ जनज्योती बाल क्लब’

दैलेख मंसिर १७ ।
दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिका–४ मा रहेको जनज्योती बाल क्लबले बालबालिकालाई सक्रिय बनाउँदै समुदायलाई सचेत बनाउने अभियानमा होमिएको छ । झण्डै चार बर्ष अघि जनज्योती माध्यामिक विद्यालयमा गठित उक्त बाल क्लब यतिबेला बालअधिकार तथा विभिन्न क्रियाकलापमा क्रियाशील बनेको हो । सेभ द चिल्ड्रेन र सोसेक नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजनाको सहजीकरणमा गठन गरिएको बाल क्लबले बालविवाह न्यूनीकरण र छाउप्रथा विरुद्ध सक्रियता देखाएको छ ।
बाल क्लबको अध्यक्ष मदन शाहीले राकमकर्णाली क्षेत्रमा बाल विवाह, छाउप्रथा विरुद्ध सडक नाटक प्रर्दशन गर्दै आएको बताए । उनका अनुसार क्लब १० स्थानमा सडकल नाटक प्रर्दशन गरेको छ । विद्यालयमा हरेक शुक्रवार अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको अध्यक्ष शाहीको भनाई छ ।‘बाल क्लको पहलमा विद्यालयमा अध्ययनरत विद्यार्थीको पोषाकमा नियमितता ल्याएका छौ, विद्यार्थीहरु विद्यालयमा नियमित आउने गरेका छन्, समुदायमा बाल विवाह गर्नुहुँदै भन्ने संदेश फैलिएको छ,’ क्लबका अध्यक्ष शाहीले भने ।
सहयात्रा परियोजनाले सोहि विद्यालयमा अध्ययनरत जोखिममा परेका र विपन्न बालबालिकालाई छात्रबृति प्रदान गरेको शाहीले बताए । अध्यक्ष शाहीका अनुसार बाल क्लबले तिहारको समयमा खेलीने देउसीभैलोबाट संकलित रकम सामाजिक कार्यमा गर्ने भएको छ । ‘देउसी भलो खेरेर ८१ हजार बराबरको रकम संकलन गरेका थियौ, त्यस मध्ये ४३ हजार रुपैयाँ पोषाक र अन्य सामग्री खरिद गरेर खर्च भयो’, अध्यक्ष शाहीले भने ‘बचेको रकम बाल विवाह र छाउप्रथा न्यूनिकरण गर्ने अभियानमा खर्च गर्छौ ।’
बाल क्लबका लागि विद्यालयका शिक्षहरुले अभिभावकीय भूमिका निर्वाह गरिरहेको शिक्षक छत्र शाही बताए । बाल क्लबले बालबालिकाको हक हितका लागि काम गरिरहेका बताउँदै शिक्षक शाहीले त्यस बाहेक विद्यालयमा अतिरिक्त क्रियाकलापहरु संचालन भइरहेको छ । बाल क्लब आफ्ना काममा आफै सक्रिय भएका छन्, आठवीस नगरपालिका वडा नंं ४ को बालबालिका लक्षित बजेट बाट २ लाख मध्ये जनचेतनामुलक सडक नाटक प्रर्दशन गरेको शिक्षक शाहीले बताए । उनका अनुसार बचेको रकम रनिङ्ग शिल्ड प्रतियोगितामा खर्च गरेको गरिएको छ । बाल क्लबले जोखिम न्यूनिकरण सम्बन्धि काम गरेको बताउदै क्लब द्धारा संचालित गतिवीधीले स्थानीय नागरिकहरु सचेत हुँदे गएको शिक्षक शाहीको भनाई छ ।
सहयात्रा परियोजनाका सामाजिक परिचालक लक्ष्मी चलाउनका अनुसार परियोजनाले बालक्लबलाई क्षमता विकास, बाल हिंसा सम्बन्धि तालिम, भित्ते पत्रिका लेखन तालिम लगाएतका सामग्रीहरु सहयोग गरिरहेको छ । हामीले बाल क्लबका बालबालिकाहरुलाई सहजिकरण मात्र गरेका छौ, उहाँहरु आफै सक्रिय हुनुहुन्छ, सामाजिक परिचालक चलाउनेले भनिन् ‘बाल क्लबको सक्रियताले स्थानीय तहबाट हुने गतिवीधीमा स्ंयम बालबालिकाहरु नै सहभागि हुने गरेका छन् ।’
प्रतिक्रिया