दुल्लुमा ‘हाम्रो संस्कृति, हाम्रो परम्परा’ नामक स्थानिय पाठ्यक्रम निर्माण गरिने

दुल्लुमा ‘हाम्रो संस्कृति, हाम्रो परम्परा’ नामक स्थानिय पाठ्यक्रम निर्माण गरिने


दैलेख मंसिर २६ ।
दैलेखको दुल्लु नगरपालिकामा ‘हाम्रो संस्कृति हाम्रो परम्परा’ स्थानिय पाठ्यक्रम निर्माण गरिने भएको छ । दुल्लु नगरपालिका भित्र रहेका कला, संस्कृति जगर्नेनाका लागि दुल्लु नगरपालीकाले ‘हाम्रो संस्कृति हाम्रो परम्परा’ नामक स्थानिय पठ्यक्रम निमार्ण गर्ने दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताउनुभयो । आज दुल्लु नगरपालिका –५ को आयोजनामा बिन्द्रासैनीमाईको मन्दिरमा लोपोउन्मुख कला संस्कृति संरक्षणको गर्न आयोजित साँस्कृतिक महोत्सवमा नगरप्रमुख भण्डारीले यस्तो बताउनुभएको हो । दुल्लुमा पञ्चेबाजा, झोणा, माँगल, धमारी , मारुनि नाच लगा झल्किने गरी उक्त महोत्सबको आयोजना गरिएको हो ।
दुल्लु नगरपालीका भित्र रहेका परम्परागत लोपोन्मुख संस्कृतिलाई छिट्टै स्थानिय पाठ्क्रममा उल्लेख गरिने नगरप्रमुख शाहीको भनाई छ । दुल्लू नगरपालिकाले यस अघि पनि कला संस्कृति संरक्षणको.लागि सांस्कतिक महोत्सव तथा बाङ्मय गोष्ठि सञ्चालन, मालिका मन्दिरमा नवा, नाविस्थानमा बेद बिद्या आश्र्रमको स्थापना गरि सकेको नगर प्रमुख भण्डारीले बताउनुभयो ।
यस्तै संस्कृती संरक्षणको लागि दुल्लू सांस्कृतिक संग्राहलय स्थापना गरिएको प्रमुख भण्डारीको भनाई छ । कला, संस्कृति जगेर्ना गर्नका लागि सबै लाग्नु पर्ने दुल्लु नगरपालिकाका उपप्रमुख बिष्णु थापाले बताउनुभउो । कला, संस्कृति संरक्षण तथा जर्गेनाका लागि आफ्नो वडाबाट सुरुवात गरेको दुल्लु नगरपालिका ५ का वडाअध्यक्ष प्रेम थापाले बताउनुभयो । कार्यक्रममा स्थानिय स्तरका संस्कृति झल्कने पञ्चेवाजा, धमारी, झोडा, माँगल, देउडा मारुनी नाच, फड्को लगाएतका प्रस्तुतीहरु देखाइएको थियो ।

प्रतिक्रिया