मदिरा नियन्त्रण गर्न नसके व्यवस्थित गरौं

मदिरा नियन्त्रण गर्न नसके व्यवस्थित गरौं


दैलेख– दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले समाजमा अपराध रोकथाम गर्न मदिरा नियन्त्रण पहिलो आवश्यकता रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयको आयोजनामा नारायण नगरपालिका वडा नं. २ को टोटथाप्लामा आयोजित मदिरा नियन्त्रण सचेतना कार्यक्रममा बोल्दै उनले सो विचार राखे ।
प्रहरी नायव उपरीक्षक पोखरेलले समाजको सहयोग पाए मदिरा नियन्त्रण गर्न सकिन्छ तर नियन्त्रण गर्न नसके निश्चित समयमा खाने बेच्ने, मात्रा र सामाजिक सदभाव खलल् नपुग्ने गरी व्यवस्थापन गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा नारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष रेशमबहादुर थापाले भने ‘चुनाव जितेको बेला मदिराले मातेहरुबाट हामी डराउथ्यौं, अहिले उनीहरु डराउँछन ।’ वडाध्यक्ष थापाले मदिरा नियन्त्रण गरेर युवाहरुलाई उन्नत खेती प्रविधिमा आफूले प्रोत्साहित गर्ने योजना रहेको बताए ।

त्यसबखत प्रहरी र समुदायको साझेदारीमा शान्ति सुव्यवस्था कायम राख्न र सामाजिक विकृति अन्त्य गर्ने सवालमा स्थानीयहरुसंग खुला अन्तरक्रिया भएको थियो । यसैबीच बाल मनोविज्ञ पत्रकार अमर सुनारले बालबिज्याईं र बाल न्याय प्रणालीका विषयमा जनता मावि कोटथाप्लाका विद्यार्थीहरुलाई अभिमुखीकरण गरेका थिए ।

प्रतिक्रिया