खाडागाउँका अग्नीपिडित बालबालिकालाई झोला

खाडागाउँका अग्नीपिडित  बालबालिकालाई झोला

दैलेख पुस १६ ।
गत पुस ८ गते आइतवार आगलागीबाट खण्डहर बनेको कालिकोटको खाडागाउँमा राहत संकलन तथा वितरण भइरहेको छ । खाडाका आगलागी पीडितहरुलाई राहत जुट्ने क्रम समेत जारी छ । सोहि अनुरुप अग्नी पिडित बालबालिकालाई स्कुले झोला सहयोग गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, केन्द्रिय बाल कल्याण समिति र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा दैलेखमा संचालित बाल हेल्पलाइन १०९८ (दश नौ आठ) ले पिडित बालबालिकालाई राहत स्वरुप झोला सहयोग गरिएको हो । बालबालिकाको आपत्तकालिन उद्धार, राहत, संरक्षण तथा परामर्श सेवाका लागि संचालित बाल हेल्पलाइनले खाडागाउँमै पुगेर प्रभावित बालबालिकालाई राहत स्वरुप झोला सहयोग गरेको हो ।

क्याप्सन – कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडागाउँमा आगलागीबाट पीडित बालबालिकालाई राहत स्वरुप विद्यालय झोला वितरण गर्दै पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले लगाएत ।
तस्विर – हिक्मत नेपाली, कालिकोट

पलाँता गाउँपालिका–१ खाडागाउँमा आगलागीबाट पीडित परिवारका १ सय १६ जना बालबालिकालाई राहत स्वरुप स्कुले झोला सहयोग गरिएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम, सोसेकका महासचिव कल्पना थापा, सोसेक दैलेखका पूर्वअध्यक्ष सिता कुमारी राना सहितको टोली खाडागाउँ पुगेर १ सय १६ बालबालिकालाई झोला सहयोग गरेको हो । झोला सहयोग गर्न खाडागाउँ पुगेका पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले स्कुले झोदा सहयोग पछि बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने बताए । अध्यक्ष बलमे खाडाको बस्ती पुननिर्माणका लागि व्यक्तिगत रुपमा १५ लाख सहयोग गर्ने घोषणा समेत गरिसकेका छन् । खाडागाउँमा आगलागी हुँदा ८७ घर जलेका थिए भने थुप्रै बालबालिका प्रभावित भएका थिए ।

प्रतिक्रिया