कारागारलाई किताब अभियान

कारागारलाई किताब अभियान

दैलेख पुस २५ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन कर्णाली प्रदेश प्रहरी कार्यालयले १० वटै जिल्लामा कारागारलाई किताब अभियान सुरु गरेको छ । यो अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय दैलेखले आज सर्वपक्षीय बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
उपसमितिको संयोजकमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेल, उपसंयोजक राधा मल्ल, सदस्य सचिव इन्स्पेक्टर प्रेमबहादुर क्षेत्री, सहायक प्रजिअ हरिबहादुर खत्री र कारागार प्रमुख जेलर जीतबहादुर खत्री पदेन सदस्य छन् ।
त्यसैगरी कारागारलाई किताब अभियान अरु सदस्यहरु पत्रकार अमर सुनार, अधिवक्ताहरु टीकाराम थापा, दीर्घराज अधिकारी, व्यापारीहरु रुपक थापा, राजेश हमाल र समाजसेवी निर्मला खड्का रहेका छन् ।
अभियानले जिल्लास्तरका स्थानीय साधन श्रोत खोजेर कारागारका लागि कितावहरु संकलन तथा खरिद गर्न सकिने कारागारलाई किताब अभियान बारे प्रहरी इकाईहरुलाई गरिएको अवधारणा व्याख्या परिपत्रमा उल्लेख गरिएको छ ।
कारागारका कैदीबन्दीहरुलाई बन्दी अवस्थामा पनि अध्ययनको बानी बसाल्ने र सकारात्मक सोचको विकास गराउदै कैद सकेर समाजमा फर्किदा पुनस्र्थापना हुन सहज बनाउने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालयले कारागारलाई किताव अभियान सुरु गरेको डीएसपी पोखरेलले प्रष्ट्याए ।
नयाँ भवनमा कैदीबन्दी सारिएको ४ वर्षदेखि नै दैलेख कारागारमा पुस्तकालय चलिरहेको बेला कर्णाली प्रदेश प्रहरीको यो अभियान अरु जिल्लाको तुलनामा अझ बढी प्रभावकारी हुने हुने दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले बताए ।
दैलेख कारागारको पुस्तकालयमा इन्सेकले कारागार प्रशासनको माग अनुसार गत वर्ष धार्मिक पुस्तक र कानूनी किताव दिइएको थियो । इन्सेकले कारागारलाई मानवअधिकार सम्वन्धी पुस्तकहरु पनि उपलब्ध गराउदै आएको छ ।
दैलेख कारागारमा जेलर जीतबहादुर खत्रीको अग्रसरतामा आध्यात्मिकताका लागि मन्दिर निर्माणका काम चलिरहेको, विहान योगा अभ्यास हुनुकोसंगै रचनात्मक कार्यहरु सुरु भएका छन् ।

प्रतिक्रिया