स्वास्थ्यकर्मीलाई तालिम

स्वास्थ्यकर्मीलाई तालिम


पंखबहादुर शाही
ठाँटीकाँध पुस २७
प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्र ठाँटीकाँधको आयोजनामा भएको दुइदिने पिएमटीसिटी तालिम सुक्रबार सम्पन्न भएको छ । स्वास्थ्य केन्द्र प्रमुख डा. अनिल खरेल र सिअ मञ्जु शाहीले उक्त तलिमको सहजीकरणमा गर्नु भएको थियो । तालिममा हरेक गर्भवती आमालाई एचआईभि परिक्षण गर्ने, संक्रमित आमा बाट बच्चा लाई कसरी रोकथाम गर्ने, संक्रमित आमाबाट जन्मिएको बच्चामा सो रोग सर्न नदिन के गर्ने, संक्रमित आमा र बच्चालाई कसरी स्याहार गर्ने, स्वास्थ्यकर्मी र बिरामी बीच संक्रमण रोकथाम कसरी गर्ने, संक्रमितहरुलाई गरिने भेदभाव कसरी हटाउने भन्ने बारे प्रशिक्षण दिईएको सिअ मञ्जु शाहीले बताउनुभयो । तालिममा सहभागी १५ जनाले तालिम सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
कृष्ण माविमा बतृत्वकता
ठाँटीकाँध गाउँपालिकाको कृष्ण माविमा सुक्रबार समाज परिवर्तनमा विद्यार्थीको भुमीका विषयक बतृत्वकता प्रतियोगिता सम्पन्न भएको छ । विजारे भञ्ज्याङ् युवा क्लवद्धारा आयोजीत प्रतियोगितामा निर्णायक पक्षले छात्रा र छात्र दुई पक्षिय नतिजा निकालेको थियो । जसमा छात्र तर्फबाट कक्षा १२ का खेमराज उपाध्य प्रथम, दोस्रो जगत बम, तेस्रो धिरेन्द्र बिष्ट, सान्तोना रबिन्द्र बिक हुनुभयो । यस्तै छात्रा तर्फ अस्मिता शाही प्रथम, देउरुपा कठायत दोस्रो, तुल्सी थापा तेस्रो र पबित्रा सान्तोना भइन् ।

प्रतिक्रिया