२३ बुँदे बडापत्रबारे जानकारी

२३ बुँदे बडापत्रबारे जानकारी

दैलेख– द्वन्द्व पीडित साझा चौतारीले डेढ महिना अघि काठमाण्डौंमा गरेको राष्ट्रिय सम्मेलनबाट पारित गरी सरकारलाई बुझाएको २३ बुदे बडापत्रबारे जानकारी गराउन दैलेखमा नागरिक समाज तथा सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
चौतारीका केन्द्रीय अध्यक्ष भागीराम चौधरीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको एक महिनापछि म्याद सकिन लागेको अवस्था सशस्त्र द्वन्द्व पीडितहरुको न्याय निरुपणको मुख्य काम अवरोध पुगेको बताए ।
कार्यक्रममा सेना समायोजन कार्यदलका सदस्य गेजा शर्मा बाग्ले सरकारलाई घच्घचाएर द्वन्द्व पीडितका समस्याहरुमा गम्भीर बनाउनुपर्ने सुझाव दिए ।
संक्रमणकालिन न्यायका विज्ञ टीका ढकालले द्वन्द्व समाधानका ४ चरणहरु सत्य अन्वेषण, परिपूरण, न्याय र भविष्यमा द्वन्द्व नदोहोरिने सुनिश्चितता हुनुपर्ने बताए ।
राज्य पक्ष र तत्कालिन सशस्त्र युद्धरत समूहबाट पीडितहरुले पटक पटक यसरी समस्या पटक पटक बोल्न लगाउने तर उचित समाधानको पहल नगरेको भन्दै असन्तुष्टी जनाए ।
कार्यक्रममा पूर्वसभासद भरत रेग्मी, नारायण नगरपालिका उपमेयर सावित्री मल्ल, वडा नं. ७ का वडाध्यक्ष पूर्णबहादुर मल्ल, वैद्य माओवादीका जिल्ला अध्यक्ष दीपक शाही, पत्रकार अमर सुनार, द्वन्द्व पीडित साझा चौतारीका कर्णाली प्रदेश संयोजक सितलसिंह राठौर, केन्द्रीय कोषाध्यक्ष सुशीला चौधरी लगायतले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया