दुर्घटना कम गर्न ‘ड्राइभरको चेकअप’

दुर्घटना कम गर्न ‘ड्राइभरको चेकअप’

सुर्खेत-वीरेन्द्रनगर–११ का टिलबहादुर चुनारा शिवराज कन्ट्रक्सन प्रालिद्वारा सञ्चालन गरिएको गाडीका चालक हुन्। डोजर, स्काभेटरलाई गाडीमा राखेर उनी ग्रामीण भेगसम्म पुग्छन्।गाडीको स्टरिङ्ग घुमाउँदैमा उनको दैनिकी बित्छ। गाडी चलाउँदैमा व्यस्त उनले करिव एक वर्षपछि प्रहरीले छोपेरै स्वास्थ्य परिक्षण गर्यो। नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेका उनले वीरेन्द्रनगर–११ स्थित प्रहरीले सञ्चालन गरेको चालकको स्वास्थ्य परिक्षणका क्रममा स्वास्थ्य अवस्थाबारे जानकारी लिए।

‘विगत एक वर्षदेखि रक्तचापको औषधि खाइरहेको छु’ उनले भने,‘गाडी चलाउँदा चलाउँदै खाने र बस्ने ठाउँको ठेगान हुदैन्, कतिबेला स्वास्थ्य परिक्षण गर्ने रु अब औषधीको मात्रा बढाउन डाक्टर सावले सल्लाह दिनुभएको छ।’डाक्टरले सल्लाह अनुसार नै औषधी सेवन गर्ने उनले प्रतिवद्धता जनाए। उनी जस्ता एक सय ८ जना सवारी चालकले प्रहरीद्वारा सञ्चालित शिविरमा स्वास्थ्य परिक्षण गराएका छन् । यस्तै ५४ वटा सवारी साधनको अवस्था परिक्षण गरिएको छ।

सवारी दुर्घटना न्यूनिकरण गर्न प्रहरीले अब ड्राइभरको स्वास्थ्य परिक्षण गर्न थालेको छ। सुर्खेत जिल्लामा भित्रिने तथा बाहिरीने गाडीका चालकहरुको स्वास्थ्य अवस्थाबारे ट्राफिक प्रहरीले परिक्षण थालेको हो।चालक मानसिक तथा शाररीक रुपमा स्वस्थ भए दुर्घटना न्यूनिकरण हुने निश्कर्ष निकालेको प्रहरीले मासिक रुपमा ड्राइभरको स्वास्थ्य परिक्षण गर्ने भएको हो आईतबार वीरेन्द्रनगर–११ स्थित सुब्बाकुनामा प्रहरीले चालकको स्वास्थ्य परीक्षण गरेको छ।

नेपालगञ्जदेखि सुर्खेत भित्रिने र सुर्खेतदेखि काठमाडौ, नेपालगञ्जलगायतका जिल्ला तथा सुर्खेतकै पूर्वी क्षेत्रमा चल्ने सवारी साधनकोसमेत परिक्षण गरिएको छ। चालकको स्वास्थ्य संगै गाडीको अवस्थाबारेमा पनि परिक्षण गरिएको थियो।सर्भिसिङ्ग नगरिएका तथा पुराना गाडीहरुलाई मर्मत गर्न निर्देशन दिइएको छ भने चालकहरुलाई उपचारका लागि सल्लाह सुझाव दिइएको प्रदेश ट्राफिक प्रहरी प्रमुख जनकराज पाण्डेले बताए। उनका अनुसार चालक प्रेसर, आँखा, तौल लगायतको स्वास्थ्य परिक्षण गरिएको थियो।

स्वास्थ्य परिक्षण, सवारी साधनको जाँच पछि प्रहरीले असल चालकका पहिचान समेत गरेको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रदिपबहादुर क्षेत्रीले दुर्घटना न्यूनिकरण प्रहरी एक्लैले मात्रै गर्न नसक्ने भन्दै सबैको सहयोग आवश्यक रहने बताए।

गाडी चालकको नियमित स्वास्थ्य अवस्थाबारेमा लिइएको जानकारी प्रहरीले समेत राख्ने भएको हो। यसरी चालकको स्वास्थ्य अवस्थाबारे शिविरमार्फत परिक्षण हुँदा चालकले शरीरमा लागेका रोगका बारेमा समेत जानकारी पाउने छन् । जसले चालकसमेत ढुक्क भएर गाडी चलाउने अवस्था सृजना हुने विश्वास प्रहरीले लिएको छ।

६ महिनामा २१ जनाको मृत्यू
सवारी दुर्घटनामा परि सुर्खेतमा २१ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा भएका ३० वटा सवारी दुर्घटनामा २१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।प्रहरीको तथ्यांक अनुसार चालु आवको ६ महिनामा १५ जना पुरुष र ६ जना महिला गरि २१ जनाको मृत्यु भएको छ । दुर्घटनाकै कारण ७१ जना पुरुष र २६ जना महिला गरि ९७ जना घाइते भएका छन्।

दुर्घटना न्यूनिकरणका लागि विद्यालय तथा समुदाय स्तरमा छलफल तथा अन्तरक्रियालगायतका जनचेतनामूलक थुप्रै प्रयासहरु भएपनि कमी आउन सकेको छैन्। ट्राफिक नियमको पालना नगर्नु र चालकहरुले लापरवाहीका कारण दुर्घटना न्यूनिकरणमा चुनौती बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरीबहादुर विसीले बताए। ‘६ महिनामा दुई सय ४८ वटा ट्राफिक सचेतनासम्वन्धि तालिमहरु दिइएको छ’ उनले भने,‘जनचेतनामूलक कार्यक्रमसँगै चालकहरुलाई बेलामौका सचेत गराउने काम पनि प्रहरीले गर्दै आएको छ।’

उनले प्रहरीको सक्रियता बढेकाले विगतको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटना न्यूनिकरण हुने दावी गरे। दुर्घटना रोक्न राजमार्गका विभिन्न साँधुरा तथ घुमाउँरा सडकहरुमा चेतनामुलक बोर्टहरु राख्ने, यातायातका कर्मचारी र काउन्टरका कर्मचारीलाई ट्राफिक नियमबारे जानकारी दिने, चालकलाई ट्राफिक नियमबारे जानकारी दिने लगायतका कार्य भएको उनले जानकारी दिए।

प्रहरी सवारी कचेकजाँचमा सक्रियता बढाएकाले राजश्व संकलनमा बृद्धि भएको छ। यस आवको ६ महिनामा १२ हजार ४ सय ८५ वटा सवारी साधनहरु कारवाही गरेको तथ्यांक प्रहरीसँग छ। जसबाट ७८ लाख ६० हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ।विगतका वर्षहरु भन्दा यस आवको ६ महिनामा यो बढी भएको ट्राफिक प्रहरी निरीक्षक विसीले बताए। आर्थिक वर्ष २०७४/०७५ मा ट्राफिक प्रहरीले १४ हजार ९ सय ९४ वटा सवारी साधन कारवाही गरेको थियो।जसबाट ८७ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन भएको थियो। यो तुलनामा यो आवमा राजश्व बढ्ने अनुमान गरिएको छ। प्रयाप्त कर्मचारी नहुँनुले अझै प्रभावकारी रुपमा ट्राफिक व्यवस्थापन गर्न नसकिएको उनले जानकारी दिए।

प्रतिक्रिया