सामाजिक कुप्रथा न्युनिकरणमा वडाको पहल

सामाजिक कुप्रथा न्युनिकरणमा वडाको पहल

सांकेतिक तस्विर

पंखबहादुर शाही
दैलेख माघ ४

लैङ्गिक हिंसा, वालविवाह, छाउ प्रथा जस्ता सामाजिक कुरिति र कुसंस्कार न्युनिकरण गर्न ठाँटीकाँध गाउँपालिकाको – ५ वडाले वडा स्तरिय समिति गठन गरेको छ । उक्त वडाका वडा अध्यक्ष पंखबहादुर शाहीको अध्यक्षतामा शुक्रवार बसेको बैठकले चित्रा बडुवालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।
गठित समितिले वडा भित्र रहेका सामाजिक कुरिति र कुसंस्कार न्यूनिकरण गर्ने अभियान चलाउने छ । सामाजिक कुप्रथाले गुम्सिएको गाउँपालिकाको विकट वडा भएकोले समाजमा महिलाको अस्तित्वमा खतरामा भएकोले यस्ता प्रर्थाहरुको न्युनिकरण गर्न आफुहरु अग्रसर भएको वडा अध्यक्ष पंखबहादुर शाहीले बताउनुभयो । ‘वडा निकै विकट र छाउप्रथाले गाँजिएको वडा भएकोले यहाँका महिलाहरुलाई विद्यालय, विभिन्न धार्मिक ठाउँहरुमा आवज जावत गर्न निकै कठिनाई हुन्छ, यसको मुख्य कारण गाउँको पुरानै संस्कारसंग अल्झिनु हो, अब वडाले अभियान नै चलाएर यस्ता कुप्रर्थाहरु हटाउँछौ, वडाध्यक्ष शाहीले भन्नुभयो ।’
छ वटा वडा मिलेर बनेको ठाटीकाँध गाउँपालिकाको वडा नं.५ भित्र रहेका कुरिति र कुसंस्कार अन्य गर्न पहल गर्ने गरि समिति गठन गरेसंगै त्यस्ता कुप्रर्थाहरु न्यूनिकरण हुने अपेक्षा गरिएको सोहि वडाकी किशोरी कृष्णा कुमारी शाहीले बताउनुभयो ।

प्रतिक्रिया